१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल « Khabarhub

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि रियल म्याड्रिड विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा रियलका लागि केलियन एम्बाप्पे र जुड बेलिङ्घमले गोल गरे।

खेलको पहिलो हाफको ३८ औं मिनेटमा रियलका लागि बेलिङ्घमले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफ १–० को अग्रता बनाएको रियलका लागि दोस्रो हाफको ८६ औं मिनेटमा एम्बाप्पेले पेनाल्टी गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्।

खेलको ६८ औं मिनेटमा मार्कोस दो नासिमेन्टो टेक्सेइराले रातो कार्ड पाएपछि सेभिल्ला १० खेलाडीमा सीमित बनेको थियो। त्यसको फाइदा रियलले उठाएको हो।

यो जितसँगै रियलले ४२ अंक जोडेको छ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : ४२ बजे

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

काठमाडौं – न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारतले ४-१ को जित निकालेको