‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक « Khabarhub

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक भएको छ ।

हलमा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा यो फिल्मप्रति थप आकर्षण गर्न नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरिएको निर्माण पक्षले तर्क गरेको छ ।

बुवाको जिम्मेवारी महसुस गरेको युवा छोराको भावनामा यस गीतको शब्द लेखिएको छ । भिडियोमा फिल्मका शीर्ष कलाकार विमोचन दवाडी र गणेश उप्रेती मुख्य रुपमा फिचर्ड छन् ।

यो गीतको शब्द गणेश कार्कीको हो भने स्वर गायक तथा सङ्गीतकार हेमान्त रानाले दिएका हुन् ।

‘झरीपछिको इन्द्रेणी’बाट कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यू गरेका हुन् । यस फिल्ममा गणेश, विमोचनसहित दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेतीलगायतको अभिनय रहेको छ ।

यो फिल्मको कथा निर्देशक घिमिरे आफैँको हो । पटकथा भने गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखका हुन् । नागराज इन्टरटेन्मेटको ब्यानरमा यो फिल्म बनेको हो ।

गीतको लिंक :

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : १० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६