बिहेपछि किन मोटाउँछ मान्छे ? « Khabarhub

बिहेपछि किन मोटाउँछ मान्छे ?


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईँले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो मानिस पनि विवाहपछि मोटाउने गर्दछन् । अधिकांश विवाहितहरू विवाह अघिको दाँजोमा मोटोपन बढेको हुन्छ । तर किन ?

बिहेपछि अचानक मानिसको तौल वृद्धि हुनुमा खानपान र जीवनशैली प्रमुख कारण हो । विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् ।

विवाहअघि मानिसहरू विवाहितको जस्तो सन्तुलित र समयमा भोजन गर्दैनन् । तर विवाहपछि उनीहरूको भोजनको समय र खाने परिकार पनि बदलिन्छ । जसले बिस्तारै मोटोपन बढ्दै जान्छ ।

साथै विवाहपछि मानिसको दौडधुप, खेलकुद, व्यायामको गतिविधि पनि कम हुन्छ । जसले उनीहरूमा तौल वृद्धि गराउँछ ।

अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् कि विवाहपछि पुरुषको तौल बढ्न थाल्छ र मोटोपनाको सिकार बन्न थाल्छ । रोचक कुरा के छ भने विवाहपछि महिलाको तौलमा खासै परिवर्तन हुँदैन । यस अनुसन्धानमा पुरुषका बारेमा अन्य धेरै रोचक कुराहरू बताइएका छन् । 

डेली मेलको रिपोर्टअनुसार चीनमा गरिएको एक अध्ययनले विवाहपछि पुरुषहरू मोटा र अल्छी हुने कुरा पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरुले विवाह गरेको ५ वर्षभित्रै पुरुषको तौल बढ्न थालेको पत्ता लगाएका छन् । यस अवधिमा उनीहरू क्यालोरीयुक्त खाना बढी खान्छन् र कम व्यायाम गर्छन् ।

अनुसन्धान गरिरहेका वैज्ञानिकका अनुसार विवाहले पुरुषको बडी मास इन्डेक्स (बीएमआई) मा ठूलो प्रभाव पारेको छ । विवाहपछि ५.२ प्रतिशत पुरुषको तौल बढी हुन्छ भने मोटोपनको दर २.५ प्रतिशतले बढ्छ । विशेष कुरा के छ भने अनुसन्धानमा महिलामा यस्तो परिवर्तन भएको कुनै प्रमाण भेटिएन । -विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : १८ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी