लिभरपुल च्याम्पियन्स लिगको दोस्रो चरणमा | Khabarhub Khabarhub

लिभरपुल च्याम्पियन्स लिगको दोस्रो चरणमा


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार सातौँ खेलमा जित हात पार्दै लिभरपुल युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा लिभरपुलले लिलीलाई २-१ ले हरायो। १० खेलाडीमा सीमित लिलीलाई हराउने क्रममा मोहम्मद सलाहले क्लबका लागि ५० औँ युरोपेली गोल गरे।

३४ औँ मिनेटमा कार्टिन्स जोन्सको थ्रु पासलाई उपयोग गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए।

लिलिका आइसा मान्डिसले दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाएपछि दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा सीमित भएको थियो। त्यसको तीन मिनेटपछि ६२ औँ मिनेटमा जोनाथन डेभिडले लिलीका लागि बराबरी गोल गरेका थिए।

खेलको ६७ औँ मिनेटमा हार्भी इलियटले कर्नरमा हेड गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ४९ बजे

६ महिनामा सवा ३४ करोडको लिपिस्टिक आयात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ६ महिनामा नेपालमा ३४ करोड

अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता

एजेन्सी – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’

ट्रम्पको शपथ समारोहमा खालिस्तानी नेता पन्नु पुगेपछि भारतलाई तनाव

नयाँदिल्ली- ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एकजना खालिस्तानी नेता अमेरिकी राष्ट्रपति

मकवानपुर ट्राफिकले गर्‍यो एक करोड ३२ लाख राजस्व संकलन 

बागमती–  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि

दाँत कोट्याउने सिन्कामा ६ महिनामा नेपालीले खर्च गरे सवा दुई करोड

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को ६ महिना अवधिमा नेपालमा