बेनफिकासँग दुई गोलले पछि परेको बार्सिलोनाको सनसनीपूर्ण जित « Khabarhub

बेनफिकासँग दुई गोलले पछि परेको बार्सिलोनाको सनसनीपूर्ण जित


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार भएको सनसनीपूर्ण खेलमा बार्सिलोनाले बेनफिकालाई ५-४ ले हराएको छ।

खेलमा बार्सिलोना दुई पटक दुई गोललेपछि परेको थियो। घरेलु भूमिमा भएको खेलमा बेनफिकाको ग्रिक स्ट्राइकर भान्जेलिस पाभ्लेडिसले पहिलो ३० मिनेटमा नै ह्याट्रिक गरेपछि खेल रोमाञ्चक बनेको थियो।

बार्सिलोनाका गोलरक्षक क्रेज्नसीले दुई गल्ती गरेपछि सो टोली सुरुवात नै सङ्कटमा परेको हो। दोस्रो मिनेटमा पाभ्लेडिसले गोल गर्दै बेनफिकालाई अग्रता दिलाएको खेलको १३ औँ मिनेटमा रोबर्ट लेडवास्कीले बार्सिलोनाका लागि गोल गरेका थिए। उनले पेनाल्टी मार्फत सो गोल गरेका थिए। खेलको २२ औँ मिनेटमा गोल गरेका पाभ्लेडिसले ३० औँ मिनेटका पाएको पेनाल्टीलाई उपयोग गरे।

ब्राजिलियन स्टार राफिन्हाले ६४ औँ मिनेटमा बार्सिलोनाका लागि गोल गरे पनि टोलीका रोनाल्ड अराउजोले त्यसको चार मिनेटपछि नै आत्मघाती गोल गरेका थिए।

हारको नजिक पुगिसकेको बार्सिलोना ७८ औँ मिनेटमा पाएको पेनाल्टीमार्फत खेलमा फर्किएको थियो। सो पेनाल्टीको अवसरलाई पनि लेडवास्कीले नै उपयोग गरेका थिए। ८६ औँ मिनेटमा इरिक गार्सियाले बार्सिलोनाका लागि बराबरी गोल गरे भने इन्जुरी समयको छैटौँ मिनेटमा राफिन्हाले विजयी गोल गरे। इन्जुरी समयको आठौँ मिनेटमा बेनफिकाका अर्थर काबरालले रातो कार्ड पाए।

जितसहित बार्सिलोना १८ अङ्कसहित दोस्रो स्थानमा छ। बार्सिलोना अन्तिम ८ मा प्रवेश गर्ने लगभग पक्का भएको छ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ३१ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती