डलर बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

डलर बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ।

युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ। यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपियाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ९४ पैसा र बिक्रीदर ८६ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ७१ पैसा र बिक्रीदर ९५ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ०५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८६ पैसा र बिक्री दर आठ रुपियाँ ९० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९८ पैसा र बिक्रीदर १९ रुपियाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०५ पैसा र बिक्रीदर चार रुपियाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६३ पैसा र बिक्रीदर ३७ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ८९ पैसा र बिक्रीदर ३१ रुपियाँ ०२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ४६ पैसा र बिक्रीदर १२ रुपियाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्री दर १९ रुपियाँ २६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७५ पैसा र बिक्रीदर १७ रुपियाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपियाँ १३ पैसा र बिक्रीदर चार सय ५० रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ ७३ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ३२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपियाँ १६ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ७१ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ०६ बजे

बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग

काठमाडौं– पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र

एमाले महाधिवेशन : प्रतिनिधि छनौटमा पाँच बुँदे निर्देशन

​​​​​​​काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको अन्तिम तयारी

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

कञ्चनपुर– अढाइ वर्षमा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा गएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका