१० खेलाडीमा सीमित एट्लेटिकोको महत्त्वपूर्ण जित : अल्भारेजले गरे दुई गोल « Khabarhub

१० खेलाडीमा सीमित एट्लेटिकोको महत्त्वपूर्ण जित : अल्भारेजले गरे दुई गोल


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खेलको ६५ मिनेटमा १० खेलाडीमा सीमित एट्लेटिको म्याड्रिडले वायर लिभरकुसेनसँगको खेलमा संघषपूर्ण जित हात पारेको छ। यो २-१ को जितसँगै उसले युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।

एट्लेटिकोका लागि म्यानचेस्टर सिटीका पूर्व खेलाडी जुलियन अल्भारेजले दुई गोल गरे। २५ औँ मिनेटमा पाल्बो मोसिरसले रातो कार्ड पाए पछि एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो।

पहिलो हाफको इन्जुरी समयमा मुकियलाको क्रसमा पियरे हिन्कापीले हेड गोल गर्दै लिभरपुकसेनलाई पहिलो अग्रता दिलाएका थिए। खेलको ५३ औँ मिनेटमा अल्भारेजले बराबरी गोल गरे भने खेलको अन्तिम समय ९० औं मिनेटमा विजयी गोल गरेका हुन्। म्याड्रिडको १५ अङ्क छ। लिभरकुसेन १३ अङ्कसहित छैटौँ स्थानमा छ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ३४ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा