कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा « Khabarhub

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले तीन लाख चार हजार लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यानयन्त्र खरिद गरी सेवा सञ्चालन गरेको हो ।

नगर क्षेत्रका विदेश वा देशका अन्यत्र क्षेत्रमा भएका व्यक्तिका आफन्तको मृत्यु भएमा घर फर्कँदासम्मका लागि शवलाई चिस्यान यन्त्रमा चार–पाँच दिनसम्म सुरक्षित राख्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ ।

यन्त्रको माग भएका क्षेत्रमा नगरपालिकाले निःशुल्क सेवा उपलब्ध गराउने नगरप्रमुख हेमराज ओझाले बताए ।

‘नगर क्षेत्रभित्र माग भएका ठाउँमा यन्त्र घरसम्म पुर्याउने र घरबाट नगरपालिका कार्यालयसम्म ल्याउन कर्मचारीलाई खटाउँछौँ’, नगरप्रमुख ओझोले भने, ‘यन्त्र प्रयोग गरेवापत र ल्याउँदा लैजाँदा कुनै शुल्क लिदैनौँ, सेवा पूर्ण रूपमा निःशुल्क हुन्छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ९ : ४२ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा