गौर अस्पतालमा पहिलो पटक आङ खस्ने रोगको सफल अपरेसन « Khabarhub

गौर अस्पतालमा पहिलो पटक आङ खस्ने रोगको सफल अपरेसन


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा सेवा बिस्तार भएसँगै उपचार गराउन आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

प्रादेशिक अस्पतालमा पहिलो पटक महिलाको आङ खस्ने रोगको सफलता पूर्वक अपरेसन भएको छ ।

प्रादेशिक अस्पताल गौरका डाक्टरहरूको टिमले मंगलबार माधवनारायण नगरपालिका ६  की ४९ वर्षीय पार्वती देवीको तेस्रो डिग्रीको आङ खसेको रोगको सफलता पूर्वक अपरेसन गरेको हो ।

अस्पतालका सर्जन डाक्टर मुरारी ठाकुर, डाक्टर शम्भु शाह, एनेस्थेसिया गौरीशंकर प्रसाद, स्क्रब नर्स दिव्या ठाकुर, ओटी इन्चार्ज गोदावरी यादव लगायत स्वास्थ्यकर्मीहरुको टिमले भर्जिनल हिस्टेरेक्टोमी सफलता पूर्वक अपरेसन सम्पन्न गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महमद अनवर हासमिले बताएका छन् ।

रौतहट जिल्लामा एक मात्र प्रदेश स्तरको अस्पताल प्रादेशिक अस्पताल गौरको उपचारप्रति जिल्लावासीको विश्वास दिनानुदिन बढ्दै गएकोले शल्यक्रिया लगायत विभिन्न सेवा प्राप्त गर्ने सेवाग्राहीको संख्यामा उल्लेखनीय वृद्धि भएको अध्यक्ष हासमिको भनाई छ।

प्रादेशिक अस्पताल गौरमामा पहिलो पटक आङ खस्ने रोगको अपरेसन भएको र अब यस्तो प्रकृतिको रोगको शल्यक्रिया लगायत पाठेघरको शल्यक्रिया (टोटल ब्डोमिनल हिस्टेक्टोमी) नियमित हुने जानकारी गराउँदै अध्यक्ष अनवर हासमिले स्वास्थ्य सेवा लिन जिल्लावासीलाई आग्रह गरेका छन् ।

विगतमा रेफरल अस्पतालको रूपमा बनेको प्रादेशिक अस्पताल गौरको पछिल्लो समय प्रायः सम्पूर्ण सेवामा सुधार भएको छ । 

सेवा सुधार भएसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्यामा वृद्धि भएको छ । 

हाल दैनिक जसो पाठेघर, एपेन्डिक्स, सिजरियन, हार्दाजोर्नी, लगायत हृदय रोग र क्यान्सर बाहेक १० देखी १५ वटा बिरामीको विभिन्न किसिमका अपरेसन भइरहेको अस्पताल विकास समितिका अध्यक्ष हासमिले जानकारी दिएका छन् ।

अस्पतालमा मधेश प्रदेश सरकार र संघीय सरकार बाट विभिन्न किसिमका अत्याधुनिक उपकरण सहयोग भएको उनले बताएका छन्।

प्रादेशिक अस्पताल गौर व्यवस्थित हुँदै जाँदा हाल दैनिक जसो ओपिडीमा पाँच सय भन्दा बढी बिरामी उपचारको लागि आउने गरेको जनाइएको छ। रौतहट स्थित १८ पालिकामा सरकारी स्तरमा उपचार सेवा दिन एक मात्र प्रादेशिक अस्पताल गौर रहेको छ । न्युजकारखानाबाट

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ११ : ५३ बजे

देउवा-आरजुविरुद्ध पक्राउ प्रक्रियामै सरकारको अनेक त्रुटि, सर्वोच्चले उठायो गम्भीर प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणाविरुद्ध जारी

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ