अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता « Khabarhub

अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्रका लागि एसियामा जापान, भारत र अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणको एक दिनपछि रुबियोले वासिङ्टनमा क्वाड समूहका आफ्ना समकक्षी मुलुकका कुटनीतिज्ञहरूसँगको भेटमा उक्त कुरा बताएका हुन् । 

रुबियो र उनका समकक्षीहरूले एक संयुक्त वक्तव्यमा ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्र बनाउनका लागि काम गर्ने प्रतिवद्धता जनाएका हुन् । 

वक्तव्यमा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ आक्रामकताप्रति संकेत गर्दै यसको विरुद्धमा सहयोगी मुलुकहरूबिच सहकार्य हुने उल्लेख गरिएको हो । चारै मुलुकका कुटनीतिज्ञले विधिको शासन, लोकतान्त्रिक मूल्यमान्यता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षाका लागि सहकार्य गर्ने बताएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘बल प्रयोगद्वारा यथास्थितिलाई परिवर्तन गर्न खोज्ने कुनै पनि एकपक्षीय कार्यको पनि हामी कडा विरोध गर्दछौं ।’

विदेशमन्त्रीहरूको भेटवार्तामा यस वर्ष भारतमा क्वाड शिखर सम्मेलन आयोजना गर्न काम गर्ने विषयमा पनि छलफल भएको थियो । 

यसको अर्थ ट्रम्पले बढ्दो अमेरिकी साझेदारको प्रारम्भिक भ्रमणका रूपमा उक्त सम्मेलनमा सहभागिता जनाउन भारत भ्रमण गर्ने संकेत गरिएको छ । क्वाड समूहलाई प्रायः वासिङ्टनमा चीनविरुद्धको सुरक्षा कवचको रूपमा हेरिन्छ ।

उक्त अवसरमा विदेशमन्त्री रुबियोले प्रत्येक देशका समकक्षी मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरेका थिए ।

जापानी विदेशमन्त्री ताकेशी इवायासँग रुबियोले उत्तर कोरिया र चीनको गतिविधिबारे संयुक्त प्रयासका लागि  गर्न सकिने पहलबारे छलफल गरेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले बताए । 

जापानका दिवंगत प्रधानमन्त्री शिन्जो आबेले क्वाडको परिकल्पना गरेका थिए । चीनले क्वाडलाई उदीयमान एसियाली शक्तिलाई घेर्ने अमेरिकी षडयन्त्र भएको भन्दै बारम्बार आलोचना गर्दै आएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : ५० बजे

मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह

काठमाडौं– विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी

कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि…

काठमाडौं– सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार

कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग

रूसमा आणविक अभ्यास सुरु

मस्को- युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक