जंगली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग « Khabarhub

जंगली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चितवन– सौराहामा पालिएका निजी हात्तीका कारण जंगली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । 

स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन् ।  

सौराहा क्षेत्रमा अहिले मकुना नामको जंगली हात्ती बस्ती पसेर स्थानीयलाई दुःख दिँदै आएको छ । योसँगै रोनाल्डो नामको हात्ती पनि हात्ती प्रजनन केन्द्र हुँदै बस्तीमा आउने गरेको छ । जंगली हात्तीले पोथी हात्ती खोज्दै बस्ती आउने क्रम बढेपछि स्थानीयले व्यवस्थापनका लागि माग गरेका हुन् । 

स्थानीयले सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, निकुञ्ज वा बस्तीभन्दा पर कुनै खाली ठाउँमा सबै हात्ती एकै ठाउँमा राख्न माग गरेका हुन् । निकुञ्ज प्रशासन, स्थानीय प्रशासन, हात्ती व्यवसायी र स्थानीयले यस विषयमा छलफल थालेका छन् । 

रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले स्थानीयको मागअनुसार निकुञ्ज प्रशासनसँग छलफल भएको बताउनुभयो । सम्बन्धित वडाका अध्यक्षहरूले यस विषयमा नगरप्रमुखसँग पनि छलफल गरिरहेका उनले जानकारी दिए । 

उनले भने, ‘यस विषयमा सरोकार भएका निकाय र स्थानीयबीच छलफल भइरहेको छ । एकीकृत रूपमा वन नजिक निजी हात्ती राखेमा जंगली हात्तीले कम दुःख दिने सबैको सुझाव छ ।’

सौराहामा ४५ वटा निजी हात्ती छन् । तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले आफूहरू स्थानीयको मागअनुसार काम गर्न तयार रहेको बताए । 

उनले भने, ‘निजी जग्गामा राख्दा वरिपरि घर हुन्छन् । सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।’ सधैँका लागि एकीकृत गरेर हात्ती राख्ने ठाउँ पाए आवश्यक संरचना आफूहरूले बनाउने उनको भनाइ छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले निकुञ्ज प्रशासन स्थानीयको मागप्रति गम्भीर रहेको बताए। निजी हात्तीलाई एकीकृत गरेर राख्न केही समयका लागि सोर क्षेत्रमा वासस्थानको व्यवस्थापन गर्न सकिने उनले उल्लेख गरे । दीर्घकालीन वा अल्पकालीन रूपमा हात्ती राख्नका लागि विभागसँग अनुमति लिनुपर्ने भएकाले लिखित रूपमा माग राख्न भनिएको उनले जानकारी दिए । 

जंगली हात्तीले बस्ती पसेर धनजनको क्षति पुर्‍याउने, स्थानीय र पर्यटकलाई त्रसित बनाउने गर्दै आएका छन् । जाडो महिना सुरु भएसँगै हात्ती बस्ती पस्न थालेका हुन् ।  

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : ५७ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले