रविविरुद्ध बहस गर्न भैरहवा पुगे वरिष्ठ अधिवक्ता त्रिपाठी « Khabarhub

रविविरुद्ध बहस गर्न भैरहवा पुगे वरिष्ठ अधिवक्ता त्रिपाठी


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भैरहवा पुगे‍का छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट जिल्ला अदालतमा बहस गर्न त्रिपाठी बुधबार भैरहवा पुगेका हुन् ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पीडितकोतर्फबाट बहस गर्दा उनले माघ २ गते रास्वपा कार्यकर्ताको कुटाइ खानु परेको थियो । उक्त प्रकरणमा रास्वपाका दुई कार्यकर्तासहित तीनजना अहिले प्रहरीको हिरासतमा छन् ।

बुधबार उनले सामाजिकमार्फत् सहकारी पीडितहरूकोतर्फबाट बहस गर्न भैरहवा हिँडेको बताएका थिए । भैरहवा उड्नै लाग्दा खराब मौसमले ढिला भएको बताउँदै उनले पीडितहरूको तर्फबाट बहस गर्ने जानकारी दिएका छन् ।

त्रिपाठीले उक्त क्रममा न्यायको यात्रा निरन्तर जारी रहेको बताएका छन् । त्रिपाठीले रवि मुछिएको प्रकरणमा निरन्तर सहकारी पीडितहरूको तर्फबाट बहस गरिरहेका छन् ।

उनले पोखराको सूर्यदर्शन सहकारी र काठमडौंको स्वर्णलक्ष्मी सहकारी हिनामिना प्रकरणमा पनि पीडितहरूको तर्फबाट बहस गरिसकेका छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ। यस प्रकरणमा मुख्य मुख्य प्रतिवादी लामिछाने मंगलबार अदालतमा उपस्थित हुन भैरहवा पुगिसकेका छन् । उनी बुधबार अदालतमा उपस्थित भएपछि मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको अघि बढिसकेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १ : ०१ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले