बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया « Khabarhub

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।

अत्याधुनिक प्रविधिद्वारा गरिने आँखाको शल्यक्रिया सरल ढङ्गले गर्न सकिने नेत्रज्योति सङ्घ बागलुङका सभापति बिन्दु सागर राज भण्डारीले जानकारी दिए। उनले संस्थाको पहलमा आँखाको शल्यक्रिया गर्ने उक्त फेको प्रविधि भित्र्याइएको बताए। 

फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दा समय र खर्च दुवै बचत हुने गरेको धौलागिरि आँखा अस्पताल बागलुङका जलबिन्दु तथा नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीले बताए । उनले यो प्रविधि धौलागिरिमै नयाँ र पहिलो भएको बताए। 

‘आँखाको समस्या कम्प्युटरबाट हेर्न सकिन्छ, फेको प्रविधिबाट शल्यक्रिया गर्दा समय र खर्च दुवैको बचत हुन्छ, आँखाको समस्या कम्प्युटरबाटै पहिचान गर्न सकिन्छ’, डा पराजुलीले भने, ‘पहिला–पहिला आँखा चिरेर शल्यक्रिया गरिन्थ्यो, अहिले आँखाको छेउमै सानो प्वाल पार्ने र कम्प्युटरबाट हेरेर शल्यक्रिया गर्ने प्रविधि नै फेको प्रविधि हो ।’

शल्यक्रियाको भोलिपल्टै घाउ निको हुने उनको भनाइ छ । बिना चिरफार गरिने शल्यक्रियाले बिरामीलाई सहज बनाउने नेत्रज्योति सङ्घ बागलुङका सचिव युक्तजङ्ग राज भण्डारीले जानकारी दिए । 

शल्यक्रिया हरेक महिना १ देखि १५ गतेसम्म गरिने छ भने अन्य १५ दिन गाउँ–गाउँमा पुगेर शिविरमार्फत शल्यक्रियाका लागि बिरामी ‘रिफर’ गरिने जनाइएको छ । 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १ : ३२ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने