वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार : शेखर कोइराला « Khabarhub

वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार : शेखर कोइराला


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका हुन् । 

उनले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रस्ट पारे  । उनले दुई दलबीच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए । 

संविधान संसोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बीचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरूको पनि सहमति आवश्यक रहेको उनले बताए ।

उनले काठमाडौं जिल्ला अदालत अगाडि कानुन व्यवसायीमाथि भएको घटना अराजक तर्क गरे ।

नेता कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समय अर्थात २०८२ मंसिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिए । 

कोइरालाले सरकारले ल्याएको अध्यादेशहरूको विषयवस्तु राम्रो भएपनि अध्यादेश ल्याउनु गलत भएको धारणा राखे ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : ०३ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले