सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस « Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा विषयगत समितिमा दफावार छलफल भई स्वीकृत गरिएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन पेस गरिएको छ ।

सामाजिक विकास समितिका ज्येष्ठ सदस्य शिवराज भट्टले उक्त प्रतिवेदन पेस गरेका थिए । संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञ सभाको सङ्ख्या साबिकको भन्दा थप गरिएको छ । 

यसैगरी प्रतिष्ठानको कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकास मन्त्री रहने साबिकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई नै कुलपति र उपकुलपति नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।  

 मुख्यमन्त्रीलाई प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक रहने व्यवस्था संशोधित विधेयकमा गरिएको छ । बैठकमा सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य नरेशकुमार शाहीले पुस महिनामा गएको भूकम्पका कारण बाजुरालगायतका जिल्लामा प्रभावित परिवारलाई सरकारबाट राहत सहयोग उपलब्ध नभएकाले तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ४ : १४ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले