यात्रुसँग यौन प्रस्ताव राखेपछि फन्दामा परे इन्ड्राइभ चालक « Khabarhub

यात्रुसँग यौन प्रस्ताव राखेपछि फन्दामा परे इन्ड्राइभ चालक


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत माघ २ गते साँझ चितवनको मुग्लिङ बजारबाट काठमाडौंसम्मका लागि इन्ड्राइभ बुक गरेकी एक यात्रुलाई यौन प्रस्ताव राख्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंमा आउने क्रममा मुग्लिङ बजारमा बस बिग्रिएपछि चालकले मर्मत गर्न ग्यारेजमा हाले । मर्मतका लागि समय लाग्ने भएपछि तत्कालै काठमाडौं पुग्न इन्ड्राइभ बुक गरेकी युवतीलाई ह्वाट्स एपमार्फत यौन सम्बन्धको प्रस्ताव राखेको अभियोगमा प्रहरीले २५ वर्षीय प्रविण बराललाई पक्राउ गरेको हो ।

इन्ड्राइभको ‘सिटी टू सिटी’ सेवा प्रयोग गरेर मोटरसाइकल बोलाएकी ती युवतीलाई चितवनको नारायणी नगरपालिका-४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका, बालाजु बस्ने चालक बरालले यौन प्रस्ताव राखेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार इन्ड्राइभ चालक बरालले यौन प्रस्ताव राखेकी युवतीले उजुरी दिएपछि पक्राउ गरेर कारबाही थालिएको छ ।

‘उक्त महिला यात्रीको मोबाइल नम्बर प्राप्त गरी विद्युतीय माध्यम (सामाजिक सञ्जाल) बाट यौन दुर्व्यवहार गरेको भन्ने खबर आउनसाथ तत्काल प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा बराललाई नियन्त्रणमा लिइएको छ’, परिसरले भनेको छ, ‘उनलाई काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा बरालले विगतमा पनि इन्ड्राइभ सिटी टु सिटी सर्भिसका लागि विभिन्न व्यक्तिहरूसँग अग्रिम रकम लिएर सम्पर्कविहीन हुने गरेको खुलेको परिसरले जनाएको छ।

प्रहरीका अनुसार बरालले ती महिला यात्रुलाई सुरुमा भाडा कम भएकाले बढाउन भनेका थिए । तर ती महिला यात्रुले तय गरेकै दरमा उनी काठमाडौं जान नारायणघाटबाट मुग्लिङ आएका थिए ।

उनले बाटोमै आउने क्रममा ती महिला यात्रुलाई व्हाट्स एपमा म्यासेज गरेर यौन प्रस्ताव राखेको खुलेको छ । उनले ‘एउटा कुरा भन्छु नरिसाउनु है’ भन्दै कुरा सुरु गरेका थिए ।

महिला यात्रुले हुन्छ भन्नुस् न भन्दै जवाफ दिएकी थिइन् । त्यसपछि ती इन्ड्राइभ चालकले ‘हामी बाटोमा कतै एक घण्टा बसौँ न, बरु म पैसा लिन्न’, भन्दै यौन प्रस्ताव राखेको गुनासो ती महिला यात्रुले प्रहरीसमक्ष गरेकी छन्।

त्यसपछि ती महिला यात्रुले यसरी यौन दुर्व्यहार नगर्न चेतावनी दिएकी थिइन् । तर बराल रोकिएनन्, उनले कुरा र मन मिले त बस्ने हो नि भन्दै यौन प्रस्ताव राखिरहे । लगातर कुरा राखिरहेपछि ती महिला यात्रुले प्रहरीमा उजुरी गर्ने भन्दै बराललाई हच्काउन खोजिन् । तर उनले उजुरी गर्ने भने पनि इन्ड्राइभ चालकले जिद्दि गरिरहे ।

ती महिला यात्रुलाई यौन प्रस्ताव राखिरहेपछि प्रविणको फोन ह्वाट्स एपमा ब्लक गरेकी उनले त्यससँगै प्रहरी र इन्ड्राइभको कार्यालयमा सम्पर्क गरेकी थिइन् । इन्ड्राइभमा सम्पर्क गर्ने फोन नभएपछि इन्ड्राइभको एपमार्फत् नै कार्यालयमा कुरा गरेकी थिइन् । तर इन्ड्राइभको कार्यालयले चालकको विवरण खुलाउन चाहेन।

व्यक्तिगत विवरण दिन नसक्ने बताएको इन्ड्राइभले बरू प्रहरीमा जाहेरी दिन सुझायो । त्यसपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रविण समातिएका हुन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : २३ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई