प्रधानमन्त्री कप क्रिकेटः हुस्सुका कारण आजको खेल रद्द | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेटः हुस्सुका कारण आजको खेल रद्द


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाक्लो हुस्सुका कारण यहाँ जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको कोशी र मधेस प्रदेशबीचको खेल रद्द भएको छ ।

आज बिहान ११ बजेका लािग तय गरिएको उक्त खेल दिउँसो १ः१५ बजेसम्म पनि हुस्सुका कारण हुन नसकेपछि रद्द गरिएको रेफ्री मोहम्मद सफिकले जानकारी दिनुभयो ।

खेल रद्द भएपछि दुबै टोलीले १र१ अङ्क बाँडेका छन् । समूह बी मा रहेका कोशी र मधेस यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका टोली हुन् ।

यो समूहबाट त्रिभुवन आर्मी क्लब विजेता र बागमती प्रदेश उपविजेता रूपमा सुपर फोरमा पुगेका छन् । समूह ‘ए’ बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेताका रूपमा सुपर फोरमा सुरक्षित छन् । सुपर फोरका खेल बिहीबारदेखि हुनेछ ।

पहिलो सुपर फोरको खेलमा बिहान ९ बजे एपिएफ र बागमती तथा दिउँसो १ बजे सुदूरपश्चिम र आर्मी भिड्नेछन् । यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : ३६ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ