रास्वपाद्वारा नेपाली खो–खो टोलीलाई सम्मान « Khabarhub

रास्वपाद्वारा नेपाली खो–खो टोलीलाई सम्मान


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली खो–खो टोलीलाई सम्मान गरेको छ ।

भारतमा केही दिनअघि भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो ।

रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय बनस्थलीमा सम्मान गरेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिए । उनका अनुसार दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि पार्टी सधैँ प्रतिबद्ध रहने बताए ।

कार्यक्रममा उपसभापति डा स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।

उनीहरुले नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकामा खेलाडीलाई बधाई दिए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ९ : २१ बजे

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका