युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प « Khabarhub

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताएका छन् ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड र नेदरल्याण्ड्स लगायत युरोपेली नेताहरूबाट  समर्थन प्राप्त गरेको र द्वन्द्वको अन्त्य हेर्न चाहेको बताएका छन् ।  

उनीहरू अहिले रूसका राष्ट्रपति पुटिनसँग धेरै कुराकानी गरेर नजिक भएका छन् र मलाई लाग्छ  हामी पहिले भन्दा अहिले नजिक छौं हामी धेरैको ज्यान बचाउन चाहन्छौँ ट्रम्पले भने ।

यसै बिच द्धन्द्धलाई अन्त्य गर्न चाहने युरोपेली नेताहरूबाट पनि ठुलो समर्थन प्राप्त भइरहेको उनले बताएका छन् ।  युक्रेनमा युद्धको समाधानका लागि वार्ता गर्न बर्लिनमा अमेरिका, युरोपेली र नेटो नेताहरू र जेलेन्स्कीबीच घन्टौँ लामो कूटनीतिक छलफल पछि ट्रम्पको टिप्पणी आएको हो ।

अल जजिराका अनुसार युरोपेली नेताहरू युक्रेनका लागि कुनै पनि पश्चिमी सुरक्षा ग्यारेन्टीको लागि सहमत भएका छन् । यस अघि युक्रेनी राष्ट्रपतिले पश्चिमाहरूको सुरक्षा ग्यारेन्टी भए युक्रेन आफ्नो नेटो सदस्यताको महत्वाकाक्षां त्याग्न तयार रहेको संकेत गरेका हुन् ।  
 

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : २९ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा