नक्कली आमा बनेर चीनमा दुई वर्षमा एक करोड बढी ठगी | Khabarhub Khabarhub

नक्कली आमा बनेर चीनमा दुई वर्षमा एक करोड बढी ठगी


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – हिजोआज मानिसहरू ठगी गर्नका लागि जुनसुकै हदसम्म जान तयार छन् । भावनासँग खेलबाड गर्ने होस् वा सम्बन्धको महत्त्वलाई नष्ट गर्ने होस्, पैसाको लोभमा केही मानिसले सबै कुरा दाउमा लगाउँछन् ।

चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ लाइभ स्ट्रिम गर्ने एक व्यक्तिले पहिले महिलालाई आमा बनाएर अनौठो तरिकाले ठगी गरेको खुलेको छ ।

चीनको सांघाईकी ७० वर्षीया महिला अनौठो ठगीको सिकार भएकी छिन् । ती महिला अविवाहित थिइन् र उनको आफ्नै कोही थिएन । सन् २०२२ मा उनकी भान्जीलाई थाहा भयो कि उनी लगातार अपरिचित व्यक्तिलाई पैसा हस्तान्तरण गरिरहेकी छिन् । उनले यसबारे सोध्दा निकै चकित पार्ने जानकारी बाहिर आयो ।

उत्तरपश्चिमी चीनको शान्सी प्रान्तका एक पुरुष झि लु वाङले ती महिलालाई आफूले मानिसहरूको समस्या समाधान गर्न, किसानहरूलाई सुस्त बिक्री हुने उत्पादनहरू बेच्न र हराएको मानिसहरूलाई आफ्नो घर फेला पार्न मद्दत गरेको बताए ।

उनको दयाले गर्दा उनीप्रति आकर्षित भएको महिलाले बताइन् । यी दुई बीच पहिलो पटक सन् २०२१ मा लाइभ स्ट्रिममार्फत कुराकानी शुरु भएको थियो र पछि फोनमा कुरा गर्न थालिएको थियो ।

ठगी गर्ने व्यक्तिले ती वृद्दालाई फोन गरेर महिलाको विश्वास जित्न थाले र आफ्नो छोरा भएको बहाना गरी दिनहुँ कुरा गर्ने गर्दथे । विस्तारै उसले ऋणमा पैसा लिन थाल्यो र पेटको क्यान्सर भएको बहाना बनायो ।

प्रेमिकालाई गर्भपतन आवश्यक छ र उनको बुबा गम्भीर बिरामी छन् भनी भनी निरन्तर पैसा मागिरह्यो । ती महिला उनको पासोमा फसिन र निरन्तर पैसा पठाउन थालिन् । यति मात्र होइन ती महिलाले पुरुषलाई सहयोग गर्न अरुसँग पैसा पनि लिएकी थिइन् ।

लामो समय पछि ती पुरुषमाथि शंका लागेपछि महिलाले प्रहरीमा उजुरी गरिन् । अनुसन्धानमा धेरै चकित पार्ने जानकारी बाहिर आएको छ । उक्त व्यक्तिले सामाजिक सञ्जालमा ४ वटा अकाउन्ट चलाउने र त्यसबाट मानिसलाई ठगी गर्ने गरेको पाइएको छ ।

प्रहरीले अभियुक्तलाई पक्राउ गरी दुई वर्षमा महिलालाई झण्डै १ करोड ५ लाख नेपाली रुपैयाँबराबर ठगी गरेको पुष्टि हुन आएको थियो । त्यसपछि उक्त व्यक्तिलाई साढे दश वर्षको जेल सजाय र एक लाख युआन जरिबाना गराइएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  २ : ५० बजे

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल