आज २०८१ साल फागुन १० गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन १० गते शनिबारको राशिफल


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १० गते शनिबार फागुन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। साथीभाइबाट आक्रमण हुने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ। विदेशको आकर्षण बढ्नेछ।

वृष : राज्यका उच्च अधिकारीसँग भेट हुनसक्छ। साथीको साथ मिल्नेछ। ठुलो काम बन्ने योग छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। सेवा गरेका साथीबाटै असहयोग हुनेछ। व्यापारमा मन्दी आउने छ। धार्मिक क्षेत्रको भ्रमण तय हुनेछ। यस्तो भ्रमणले मन शान्त बन्नेछ।

कर्कट : झुटा आरोप लाग्ने जोखिम छ। दैनिक कामलाई सुधार गर्नुपर्ने देखिन्छ। व्यापारमा सहकार्यबाट फाइदा हुनेछ। परिवारसँग मिलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।

कन्या : परिवारको अपमान सहनुपर्ने दिन छ। सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ। राजनीतिमा सेवा गर्ने अवसरबाट टाढा पुग्नुपर्ने बाध्यता छ। स्वास्थ्यमा भने सुधार हुनेछ।

तुला : दिन राम्रो छ। सम्पत्ति जम्मा गर्ने दिन छ। शिक्षामा गरेको प्रयासबाट मनमा उत्साह थपिनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। आफूभन्दा ठुला व्यक्तिसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। शनिको प्रभावले परिवाले दुःख दिएको अनुभव हुनेछ। धार्मिक कार्यमा संलग्न भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

धनु : सञ्चित धन खर्च हुनेछ। दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। परिवारलाई विश्वास नगर्नु उचित हुनेछ।

मकर : शुभग्रहको बहुमत रहेकाले आज तपाईंका काम सफल बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। काम गर्ने उत्साह बढ्नेछ। आफ्नै परिवारबाट भने सचेत बन्नुपर्ने दिन छ।

कुम्भ : साना कुराले मनमा खटपटी बढ्नेछ। मौसमी प्रकोपको जोखिम बढ्नसक्ने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरे दिन सहज बन्नेछ।

मीन : आज तपाईंले परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ। शिक्षामा मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा साना कुराले दुःख दिने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ५ : ०७ बजे

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति