पाथीभरा केबलकार सन्दर्भमा तथ्यपरक समाचार सम्प्रेषण गर्न महासङ्घको आग्रह « Khabarhub

पाथीभरा केबलकार सन्दर्भमा तथ्यपरक समाचार सम्प्रेषण गर्न महासङ्घको आग्रह


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुम्लुङ ) केबलकार परियोजना र नो  केबलकार समूहबीच भइरहेका विकासक्रमहरूको बारेमा समाचार प्रसारणको सम्बन्धमा आएका टिप्पणीहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानद्वारा ग्यारेन्टी गरिएको पत्रकारहरूको निर्बाध प्रेस स्वतन्त्रताको उपभोग गर्ने अधिकारको सम्मान गर्नु प्रत्येक पक्षको जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

कुनै पनि पक्ष लिई वा त्यस्तो बहाना बनाएर पत्रकारसँग दुर्व्यवहार गर्नु र अनावश्यक दबाब दिनु स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथिको हस्तक्षेप भएको उल्लेख गर्दै महासङ्घले उक्त कार्यप्रति खेद व्यक्त गरेको छ ।

महासङ्घले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारहरूलाई समाचार सङ्कलन र सम्प्रेषण गर्न सहज वातावरण प्रदान गर्न महासङ्घले सम्बन्धित पक्षहरूको ध्यानाकर्षण समेत गराएको छ ।

महासङ्घले अहिले भइरहेका घटनालाई सन्दर्भित गर्दै पत्रकारिताको व्यावसायिक मर्यादा कायम राख्न र पत्रकार आचारसंहिताको दायरा भित्र रहेर तथ्यपरक, निष्पक्ष र मर्यादित समाचार र सूचना प्रदान गर्न सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ११ : २५ बजे

प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लङ्घन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये

‘मलाई थाहा भएअनुसार’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘आफूलाई थाहा भएअनुसार’ सर्वोच्च नेता

इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छ : रुस

मस्को – रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन : आयोग

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग