जिम्मेवारीमा रहेका नेताहरू पदको लडाईंमा मात्रै लाग्नु हुँदैन ः एनपी साउद   « Khabarhub

जिम्मेवारीमा रहेका नेताहरू पदको लडाईंमा मात्रै लाग्नु हुँदैन ः एनपी साउद  


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको जिम्मेवारीमा रहेका नेताहरूले भएको जिम्मेवारी पूरा नगरी थप जिम्मेवारीका लागि पछि लाग्न नहुने बताएका छन् ।

मोरङको विराटनगरमा शनिबार आयोजित नेपाल भूतपूर्व सैनिक संघको कोशी प्रदेश कार्यसमितिको पहिलो अधिवेशन उद्घाटन समारोहमा उनले जिम्मामा भएको जिम्मेवारी पूरा नगरी थप जिम्मेवारीका पछि लाग्न नहुने बताएका हुन् ।

पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन गरेर उनीहरूलाई गतिशील बनाउने कर्तव्य पार्टीको जिम्मेवारीमा रहेका नेताहरूको भएको भन्दै जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाईंमा मात्रै लाग्न नहुने बताए ।

‘पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने, गतिशील बनाउने कुरा पार्टीको जिम्मेवारीमा रहेका मान्छेहरूको कर्तव्य हो,’ केन्द्रीय सदस्य साउदले भने, ‘त्यो कर्तव्यबाट भागेर पदको लडाईंमा मात्रै पार्टीलाई लैजानु हुन्न ।’

पूर्वपरराष्ट्रमन्त्री साउदले एक कांग्रेसले अर्को कांग्रेसको मुख हेर्न पनि नहुने किसिमको स्थितिबाट पार्टीलाई जोगाएर बलियो पार्टीको रुपमा लैजान सकेमात्रै कांग्रेस अगाडि बढ्न सक्ने पनि बताए ।

‘जिम्मेवारीबोध, विचारमा स्पष्टता, संसदीय मोर्चामा पार्टीको प्रभावकारिता अभिवृद्धि हुने कुरा, गाउँ–गाउँमा एक कांग्रेसले अर्को कांग्रेसको मुख हेर्न पनि नहुने किसिमको स्थितिबाट पार्टीलाई जोगाएर बलियो पार्टीको रुपमा लैजान सक्यौँ भने मात्रै हाम्रो कांग्रेस अगाडि बढ्न सक्छ,’ साउदले भने ।

पार्टीलाई एकजुट बनाउनुपर्नेमा जोड दिँदै नेता साउदले भ्रातृ संस्थाको अधिवेशनहरू समयमै गर्नुपर्ने, नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्ने, पार्टीमा प्रशिक्षण र वैचारिक बहसहरू चलाउनुपर्ने पनि बताए । उनले सत्ता साझेदार दलहरू कांग्रेस र एमाले मध्ये जो जनताका बीचमा गएको छ उसैले आगामी निर्वाचन जित्ने पनि बताए ।

‘हामी एमालेसँग सरकारमा साझेदारी गरिरहेका छौँ । दुईटै पार्टी ०८४ मा चुनाव लड्नु पर्ने छ । चुनाव लड्दा दुईटै पार्टीबीच प्रतिष्पर्धा हुने हो,’ साउदले भने, ‘प्रतिष्पर्धा हुँदा जो बलियो छ, त्यसले जित्ने हो । जो जनताका बीचमा गएको छ, त्यसले जित्ने हो । आफ्ना सांसदलाई गाउँ–ठाउँमा जनताको चित्त बुझाउने गरेर जसले परिचालित गरेको छ, त्यसले चुनाव जित्ने हो ।’

उनले कांग्रेसले वैचारिक र सांगठनिक अस्तित्वसँगै कार्यसम्पादनको विशिष्ठतालाई जोगाएर अगाडि बढ्नु पर्छ भन्दा पार्टीकै नेताहरूले चित्त दुखाएको गुनासोसमेत गरे ।

‘एमालेसँग हाम्रो सहयात्रा छ, सँगसँगै प्रतिष्पर्धा पनि छ । त्यसकारण नेपाली कांग्रेसले आफ्नो वैचारिक, सांगठनिक अस्तित्वलाई जोगाएर कार्यसम्पादनको विशिष्ठतालाई पनि जोगाएर अगाडि बढ्नु पर्छ भन्दा केही साथीहरूले अलि चित्त दुखाएको जस्तो गर्नुभएको छ,’ नेता साउदले भने ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ४ : ०६ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन