पार्टीको सूचना जनतामा पुर्‍याउन एआईको सदुपयोग गरौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

पार्टीको सूचना जनतामा पुर्‍याउन एआईको सदुपयोग गरौँ : उपप्रधानमन्त्री सिंह


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनुषा– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले विकसित भएका नयाँ माध्यम प्रयोग गरेर पार्टीले गरेका कामबारे नागरिकलाई सुसूचित गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान नाराका साथ नेपाली कांग्रेसको प्रचार प्रसार विभागले शनिबार  धनुषामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले यस्तो बताएका हुन् ।

 उनले अहिले सामाजिक सञ्जाल र आर्टिफिसियल इनेटेलिजेन्टको सदुपयोग गर्न नसके त्यसको सिकार हुनुपर्ने अवस्था बनेको बताए। 

नेपालमा ०७ सालको क्रान्तिका बेला नै नेपाली कांग्रेसले रेडियोको स्थापना गरेको चर्चा गर्दै त्यो समयमा रेडियो सूचना सम्प्रेषणको आधुनिक माध्यम रहेको बताए। पार्टीको विचार, सिद्धान्त र गरेका ऐतिहासिक कामहरू जनताका पुर्‍याउन समयअनुसारको माध्यमको उपयोग गर्नुपर्ने सिंहको भनाई थियो ।

कांग्रेसका कारण भएका उपलब्धि जनताको बिचमा लैजानुपर्ने भन्दै  ऐतिहासिक घटनाक्रम, तथ्यहरू लिएर जनतासम्म नपुगे आगामी दिन थप कठिन हुने बताए । 

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कांग्रेसले प्रजातन्त्रका लागि गरेको योगदानको अरू कसैसँग तुलना नहुने बताए। प्रतिकूल समयमा पनि कांग्रेसले आफ्नो सिद्धान्त र विचारमा अडिग रही संघर्ष गरेकै कारण प्रजातन्त्रसहितका अहिलेको उपलब्धि हासिल भएको उनको भनाई थियो । 

नागरिकलाई अधिकार सम्पन्न बनाउन र प्रजातान्त्रिक हक अधिकार दिलाउन कांग्रेसले गरेको संघर्यबाट प्राप्त  ऐतिहासिक उपलब्धि कांग्रेसले मात्र थाहा पाएर नहुने भन्दै आधुनिक माध्यमको प्रयोग गरेर समग्र पार्टीको हित हुने गरी प्रचारप्रसारमा लाग्न पनि प्रचार विभागलाई सुझाव दिए।

अराष्ट्रिय तत्त्व, मुठ्ठीभर कांग्रेस भनेर विगतमा भनिएपनि देशमा आउने हरेक संकट कांग्रेसले पार लगाएको चर्चा गर्दै उनले अहिले आएका नयाँ पार्टीले इतिहासको कुरा गरेर हुन्छ भन्दैमा इतिहासको कुरा भन्न छाड्न नहुने बताए। 

उनले इतिहासका कुरा सँगै राजनीतिक, आर्थिक, सामाजिक लगायतका ज्वलन्त मुद्दामा कंग्रेस प्रष्ट धारणा राखेर अघि बढ्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : २६ बजे

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

रुखबाट लडेर युवकको मृत्यु

बागमती‍– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको