पार्टीको सूचना जनतामा पुर्‍याउन एआईको सदुपयोग गरौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

पार्टीको सूचना जनतामा पुर्‍याउन एआईको सदुपयोग गरौँ : उपप्रधानमन्त्री सिंह


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनुषा– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले विकसित भएका नयाँ माध्यम प्रयोग गरेर पार्टीले गरेका कामबारे नागरिकलाई सुसूचित गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान नाराका साथ नेपाली कांग्रेसको प्रचार प्रसार विभागले शनिबार  धनुषामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले यस्तो बताएका हुन् ।

 उनले अहिले सामाजिक सञ्जाल र आर्टिफिसियल इनेटेलिजेन्टको सदुपयोग गर्न नसके त्यसको सिकार हुनुपर्ने अवस्था बनेको बताए। 

नेपालमा ०७ सालको क्रान्तिका बेला नै नेपाली कांग्रेसले रेडियोको स्थापना गरेको चर्चा गर्दै त्यो समयमा रेडियो सूचना सम्प्रेषणको आधुनिक माध्यम रहेको बताए। पार्टीको विचार, सिद्धान्त र गरेका ऐतिहासिक कामहरू जनताका पुर्‍याउन समयअनुसारको माध्यमको उपयोग गर्नुपर्ने सिंहको भनाई थियो ।

कांग्रेसका कारण भएका उपलब्धि जनताको बिचमा लैजानुपर्ने भन्दै  ऐतिहासिक घटनाक्रम, तथ्यहरू लिएर जनतासम्म नपुगे आगामी दिन थप कठिन हुने बताए । 

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कांग्रेसले प्रजातन्त्रका लागि गरेको योगदानको अरू कसैसँग तुलना नहुने बताए। प्रतिकूल समयमा पनि कांग्रेसले आफ्नो सिद्धान्त र विचारमा अडिग रही संघर्ष गरेकै कारण प्रजातन्त्रसहितका अहिलेको उपलब्धि हासिल भएको उनको भनाई थियो । 

नागरिकलाई अधिकार सम्पन्न बनाउन र प्रजातान्त्रिक हक अधिकार दिलाउन कांग्रेसले गरेको संघर्यबाट प्राप्त  ऐतिहासिक उपलब्धि कांग्रेसले मात्र थाहा पाएर नहुने भन्दै आधुनिक माध्यमको प्रयोग गरेर समग्र पार्टीको हित हुने गरी प्रचारप्रसारमा लाग्न पनि प्रचार विभागलाई सुझाव दिए।

अराष्ट्रिय तत्त्व, मुठ्ठीभर कांग्रेस भनेर विगतमा भनिएपनि देशमा आउने हरेक संकट कांग्रेसले पार लगाएको चर्चा गर्दै उनले अहिले आएका नयाँ पार्टीले इतिहासको कुरा गरेर हुन्छ भन्दैमा इतिहासको कुरा भन्न छाड्न नहुने बताए। 

उनले इतिहासका कुरा सँगै राजनीतिक, आर्थिक, सामाजिक लगायतका ज्वलन्त मुद्दामा कंग्रेस प्रष्ट धारणा राखेर अघि बढ्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : २६ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन