‘भाइरल गोर्खे’को टिजर : टिकटकमा भाइरल बन्न खोज्ने ‘गोपाल पाँडे’को कथा, देखिए धमला « Khabarhub

‘भाइरल गोर्खे’को टिजर : टिकटकमा भाइरल बन्न खोज्ने ‘गोपाल पाँडे’को कथा, देखिए धमला


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ ।

शुक्रबार युट्युबमा सार्वजनिक यस टिजरमा फिल्मका मुख्य पात्र सौगात, सृष्टि, बुद्धि तामाङ, राजामा पौडेललाई स्थान दिइएको छ ।

फिल्ममा सौगातले गोपाल पाँडे, सृष्टिले मिस गिताञ्जली, बुद्धिले थने मास्टर र राजरामले सोमपालको भूमिका निर्वाह गरेको टिजरबाट खुलाइएको छ ।

टिजरको सुरुवातमा सौगातले ‘गोबिन्दे’ पात्रभन्दा बढी टिकटकमा भाइरल बन्ने इगो राखेको दृश्यबाट सुरु हुन्छ । तर, उनले भाइरल भन्न र ‘भाइरस’ भन्छन् ।
उनले भन्छन्, ‘त्यो नाथे गोबिन्देभन्दा ठूलो भाइरस भएर देखाइदिन्छु म ।’

टिजरको त्यसपछिका दृश्यमा गोपाल पाँडे अर्थात सौगातले टिकटकमा भाइरल हुन देखाइएको हर्कतहरु समावेश गरिएको छ ।

टिजरले फिल्मको कथा ग्रामिण परिवेशको रहेको बताउँछ । टिजरमा पत्रकार ऋषि धमालमा रिपोर्टिङ गर्ने ‘पाँडे गाउँ’ पुग्छन् । फिल्म ‘पाँडे गाउँ’कै रहेको टिजरले संकेत गर्छ ।

यो फिल्म कमेडी जनराको यो फिल्मको प्रदर्शन मिति जेठ ३० गतेलाई तोकिएको छ ।

द जीएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा बनेको यो फिल्मको निर्माताहरु विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता हुन् । लेखक तथा निर्देशक निगम श्रेष्ठ हुन् ।

टिजरको लिंक :

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ५७ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्