आज २०८१ साल चैत ९ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल चैत ९ गते शनिबारको राशिफल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत ९ गते शनिबार चैत कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ मार्च २२ तारिख। विश्व जल दिवस तथा गोरखकाली पूजा परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशका अवसर देखेर मन खुशी हुनेछ। राज्यको तर्फबाट त्रास बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोलीमा सरस्वतीको बास भएकाले परोपकारका लागि बोल्दा फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्धमा सुधार हुने छ। रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुने छ।

कर्कट : दिन राम्रो छ। परिवारले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। लगानी गर्न हिम्मत गर्नुपर्ने समय छ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीले सहयोग गर्नेछन्।

तुला : शिक्षाको क्षेत्रमा गरेको लगानीमा मिहिनेत गर्नुपर्नेछ। विपक्षी साथीले हरेक काममा साथ दिनेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ।

वृश्चिक : लगानीका क्षेत्र प्रशस्त भएकाले लगानीमा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुने योग रहेको छ। धार्मिक भ्रमण तय हुनेछ।

धनु : आज तपाईंको बोलीको प्रभाव रहनेछ। बोलीकै कारण राम्रोको कामको सुरुवात हुनेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। वैदेशिक रोजगारीमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

मकर : दिन राम्रो छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। गुरुबाट पाएको सुझाव अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ। विपक्षीलाई साथ लिएर राम्रो काम गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। नयाँ कुराको आविष्कार गर्ने अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मध्य साढेसाती दशाको प्रभाव रहेकाले हरेक कुरामा बाधा आइपर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ५ : ०३ बजे

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम