आगलागी नियन्त्रण भएपछि सुचारु भयो हिट थ्रो विमानस्थल « Khabarhub

आगलागी नियन्त्रण भएपछि सुचारु भयो हिट थ्रो विमानस्थल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

लण्डन – विमानस्थल नजिकै आगलागी भएका कारण रोकिएको लन्डनको हिट थ्रो विमान स्थलबाट फेरि उडान सुरु भएको छ।

युरोपको सबैभन्दा व्यस्त विमानस्थल मानिएको हिट थ्रोको नजिकै एक दिन अघि लागेको आगोका कारण धेरै यात्रु अलपत्र परेका थिए।

शनिवार पूर्ण रूपमा सेवा दिन एयरपोर्ट सफल हुने अनुमान गरिएको छ।

आगलागीको कारण पत्ता लगाउन आतङ्कवाद विरोधी प्रहरी निकाय सक्रिय रहे पनि अहिलेसम्म आगलागीमा कसैको संलग्नता देखिएको छैन।

शनिबार बिहान हिट थ्रोमा पुग्ने गरी ६ वटै महादेशबाट त्यसतर्फ विमानले उडान भरिसकेका छन्। हङकङ, जोहन्सबर्ग र साओपावलोबाट ब्रिटिस एयरवेजका विमान त्यसतर्फ गइरहेका छन्।

विमानस्थल सुचारु हुने क्रममा सबै भन्दा पहिलो शुक्रबार करिब ११ बजे ब्रिटिस एयरवेजको विमान साउदी अरेबियाको रियादतर्फ गएको थियो। ब्रिटिस एयरवेजले शनिबारका ८५ प्रतिशत उडान हुने जनाएको छ। साथै केही डिले हुने पनि जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ५ : ५५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव