भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण « Khabarhub

भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण


८ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र सम्पन्न भएको छ ।

भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको सात करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । एक स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ ।

विसं २०७९ चैतदेखि निर्माण सुरु भएको यो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरु भएको छ ।

यो पुल ओपन फाउन्डेसन एक स्पानमा निर्माण गरिएको प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीले बताए । पुल गुणस्तरीय ढङ्गले निर्धारण गरिएको मापदण्डअनुसार निर्माण भएको उनको भनाइ छ । खोलाको पानीको बहावलाई ख्याल गरेर पुल निर्माण गरिएको जनाइएको छ ।

पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए । पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ ।

वर्षौँदेखि सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । बाढी आएको समयमा खोला छेउमै बास बस्नुपर्ने बाध्यता रहेकोमा पक्की पुल बनेपछि सहजता भएको स्थानीयवासी सन्तोषजङ्ग राईले बताए ।

धेरै समस्याका बीच पनि पुललाई सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न गर्न सफल भएको निर्माण कम्पनी राउत कन्ट्रसनका प्रमुख कुलबहादुर राउतले बताए । भौगोलिक रुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानीमा निकै समस्या हुने गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ७ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया