भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण | Khabarhub Khabarhub

भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र सम्पन्न भएको छ ।

भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको सात करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । एक स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ ।

विसं २०७९ चैतदेखि निर्माण सुरु भएको यो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरु भएको छ ।

यो पुल ओपन फाउन्डेसन एक स्पानमा निर्माण गरिएको प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीले बताए । पुल गुणस्तरीय ढङ्गले निर्धारण गरिएको मापदण्डअनुसार निर्माण भएको उनको भनाइ छ । खोलाको पानीको बहावलाई ख्याल गरेर पुल निर्माण गरिएको जनाइएको छ ।

पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए । पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ ।

वर्षौँदेखि सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । बाढी आएको समयमा खोला छेउमै बास बस्नुपर्ने बाध्यता रहेकोमा पक्की पुल बनेपछि सहजता भएको स्थानीयवासी सन्तोषजङ्ग राईले बताए ।

धेरै समस्याका बीच पनि पुललाई सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न गर्न सफल भएको निर्माण कम्पनी राउत कन्ट्रसनका प्रमुख कुलबहादुर राउतले बताए । भौगोलिक रुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानीमा निकै समस्या हुने गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ०५ बजे

पोखरा विमानस्थलको छानबिन प्रतिवेदन कता हरायो ?

 माननीय राजेन्द्र लिङदेनज्यूसंयोजक, पोखरा अन्तर्राष्ट्रिय विमाननस्थल सम्बन्धी छानबिन संसदीय उपसमिति

आगलागीपछि अवरूद्ध हिथ्रो विमानस्थल पूर्णरुपमा सञ्चालित

एजेन्सी– युरोपको अति व्यस्तमध्येको हिथ्रो विमानस्थल ’पूर्ण रुपमा सञ्चालनमा’ आएको

नेपाल-चीन सम्बन्धको ७० वर्ष पूरा- पोखरा सभागृह पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

पोखरा– चिनियाँ दूतावासका प्रतिनिधि वाङ सिनले पोखरा सभागृह पुनर्निर्माणमा सघाउने

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन : गृहमन्त्री

नवलपुर– गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन

गुप्सीपाखामा रंगीविरंगी लालीगुराँस (तस्बिरहरू) 

काठमाडौं – लालीगुराँसले अहिले पहाडी क्षेत्रको वनपाखा राताम्मे भएका छन्।