कांग्रेस नेता माथवरसिंह बस्नेतको निधन « Khabarhub

कांग्रेस नेता माथवरसिंह बस्नेतको निधन


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय समाचार समिति (रासस) पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । ७९ वर्षीय बस्नेतको आज बिहान निधन भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ निवासी बस्नेतलाई गति बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ ।

गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक थिए ।

गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिय उनी हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्ष थिए ।

पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय  बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए ।

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो ।

उनी २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त भएका थिए । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : १३ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा