गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति « Khabarhub

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति


८ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ – भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो । 

हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले रु ३९ लाख रकम वितरण गरिएको 

प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । 

उनले भने, “प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका साथ उनीहरूलाई रोजगारी दिने योजना बनाइएको छ ।” 
    
यसैबीच, स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८)तयार गरेर नगरपालिका क्षेत्रका सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यपुस्तक निर्माण गर्नेमा भानु नगरपालिका गण्डकी प्रदेशमा पहिलो पालिका हो । 

सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रतिदिन प्रतिव्यक्ति १५ का दरले दिवा खाजाका लागि अनुदान दिँदै आएकामा भानु नगरपालिकाले रु पाँच थप गरी प्रतिविद्यार्थी रु २० पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ । 

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  १२ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया