गाजामा फेरि तनाव देखिनु ‘निराशाजनक’ : थाइल्याण्ड « Khabarhub

गाजामा फेरि तनाव देखिनु ‘निराशाजनक’ : थाइल्याण्ड


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बैंकक– गाजामा युद्ध पुनः भड्किनु ‘निराशजनक’ भएको बताउँदै थाइल्याण्डले एक थाइ नागरिकसहित बन्धकहरूको रिहाइको माग गरेको छ ।

गत जनवरी १९ मा भएको युद्धविरामपछिको शान्ति भङ्ग भएपछि इजरायलले मंगलबारदेखि युद्धग्रस्त क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको छ ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरीमा युद्धविराम लागू भएयताको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

थाइल्याण्डको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’गाजा क्षेत्रमा शत्रुताको पुनरागमनप्रति थाइल्याण्ड निकै चिन्तित र निराश छ ।’

दक्षिणपूर्वी एशियाली राष्ट्रले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न र युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ ।

थाइल्याण्डले गाजामा रहेका एक जना थाइसहित बाँकी बन्धकहरूको रिहाइ र दुई जना थाइ नागरिकको शव फिर्ता गर्न माग गरेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाइ नागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

जनवरीमा भएको युद्धविरामको एक भागको रूपमा फेब्रुअरीमा अपहरणमा परेका थप पाँच थाईहरू घर फर्केका थिए । एक थाइ नागरिक अझै गाजामा जीवित रहेको विश्वास गरिएको छ। 
 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : १९ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा