भीषण असिनाका कारण रौतहटका किसानलाई ठूलो क्षति « Khabarhub

भीषण असिनाका कारण रौतहटका किसानलाई ठूलो क्षति


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

रौतहट– शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीका कारण रौतहट जिल्लाका किसानहरू ठूलो मारमा परेका छन् । विशेष गरी जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले लगाएको मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट भएको छ ।

चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा खेती गर्दै आएका किसानहरुको बालीनाली पूर्ण रुपमा सखाप भएपछि उनीहरु गहिरो चिन्तामा परेका छन् । स्थानीय किसानहरूका अनुसार उनीहरूले मेहनतका साथ लगाएको अन्नबाली असिना पानीले पूर्ण रुपमा नष्ट गरिदिएको छ ।

वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै, चन्द्रपुर–१० का किसान अवधलाल राउतले आफ्नो करेसावारी तथा मकैबाली पूर्ण रुपमा क्षति पुगेको बताएका छन् । राउतका अनुसार उनले खेतमा लगाएको काक्रो साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघामा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ । 

वृन्दावन–१ बलेरीका किसान प्रेमलाल पटेल, रविन्द्र पटेल र हेमन राउतले समेत ठूलो नोक्सानी व्यहोरेका छन् । प्रेमलाल पटेलले १० कठ्ठा, रविन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँबाली पूर्ण रुपमा गुमाएका छन् । बलेरी क्षेत्रका मात्रै करिब ५ सय विघामा लगाएको मकैबाली असिना पानीले नष्ट पारेको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले जानकारी गराएका छन् । 

कृषकहरूले आफ्नो मेहनतले लगाएको बालीनाली एकै रातमा नष्ट भएपछि ठूलो आर्थिक मारमा परेका छन् । यस संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै स्थानीय तथा प्रदेश सरकारलाई राहत उपलब्ध गराउन किसानहरूले माग गरेका छन् । 

वृन्दावन जल उपभोक्ता समितिका सचिव पटेलले भने, ‘किसानले ठूलो आशा राखेर बाली लगाएका थिए, तर असिना पानीले सबै नष्ट गरिदियो । स्थानीय सरकारले पीडित किसानहरुको विवरण संकलन गरी संघ तथा प्रदेश सरकारसमक्ष राहतका लागि पहल गर्नुपर्छ ।’

कृषि प्रधान देश नेपालमा किसानहरू प्राकृतिक प्रकोपको मारमा परिरहँदा राहत तथा क्षतिपूर्ति कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक देखिन्छ । स्थानीय सरकारहरूले प्रभावित कृषकहरूको उचित क्षतिपूर्ति दिलाउन पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १ : २८ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा