आईपीएल २०२५ : १० टोलीका कप्तान, कसको रेकर्ड कस्तो ? | Khabarhub Khabarhub

आईपीएल २०२५ : १० टोलीका कप्तान, कसको रेकर्ड कस्तो ?


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकी मुलुक भारतमा आज (शनिबार) देखि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ सुरु हुँदैछ । १८ औँ संस्करणअन्तर्गत सुरु हुन गइरहेको आईपीएलको उद्‌घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु मैदानमा उत्रिँदै छन् । 

खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै तेस्रो पटक उपाधि उचालेको कोलकाता उद्‌घाटन खेलदेखि नै विजयी सुरुवात गरेर उपाधि रक्षाको अभियानमा हुनेछ ।

उता अहिलेसम्म उपाधि जित्ने अवसर नपाएको रोयल च्यालेन्जर्स यसपटक नयाँ कप्तानका साथ पहिलो उपाधि चुम्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।  सन् २००८ देखि सुरु भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान पाँच उपाधि जितेका छन् । कोलकाताले तीनपटक उपाधि जितेको छ । डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १–१ पटक उपाधि जितेका छन् ।

यसपटक आईपीएलमा १० टोली सहभागी हुँदैछन् । यहाँ ती टोलीको नेतृत्व गरिरहेका कप्तानहरूको चर्चा गरिएको छ ।आउनुस्, चर्चा गरौँ– कसको रेकर्ड कति दमदार छ ?कसले पहिलो पटक कप्तानी सम्हाली रहेका ?

ऋतुराज गायकवाड
चेन्नई सुपर किङ्सका कप्तान ऋतुराज गायकवाडलेसन् २०२० मा आईपीएलको पहिलो म्याच खेलेका थिए । ब्याट्सम्यान ऋतुराजले ६६ खेलमा दुई हजार ३८० रन बनाएका छन् । उनले दुई शतक पनि पूरा गरेका छन् । 

ऋतुराज गायकवाडले २०२१ मा ६३५ रन बनाकर ‘ओरेन्ज क्याप’जितेका थिए । चेन्नई सुपर किङ्सले आईपीएलकोउपाधि जित्नुमा उनको यो योगदानको महत्वपूर्ण भूमिका थियो । चेन्नई सुपर किङ्सले पाँच पटक आईपीएलको उपाधि उचालिसकेको छ । 

ऋतुराज गायकवाडको कप्तानीमा टीम एक पटकफेरि आईपीएल उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । ऋतुराज कप्तानीको टीमलाई पूर्व कप्तान महेन्द्रसिंह धोनीको पनि साथ रहने छ। 

अक्षर पटेल
दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेललेसन् २०२४ मा टी–२० वल्र्ड कप र हालैच्याम्पियन्स ट्रफीमा भारतको जीतमामहत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । 

अक्षर पटेल अलराउन्डर हुन् । गुजरातमा जन्मिएका अक्षरले २०१३ मा मुम्बई इन्डियन्सका तर्फबाट आईपीएल करियरको सुरुवात गरेका थिए । 

सन् २०१४ मा पञ्जाबका तर्फबाट खेलेका अक्षरले १७ विकेट लिएका थिए । २०१४ को आईपीएल संस्करणमा टीमलाई फाइनलमापु¥याउनउनको महत्वपूर्ण भूमिका थियो । 

सन् २०१६ मा अक्षर पटेलले‘ह्याट्रिक’ गरेका थिए । सन् २०१९ मा दिल्ली क्यापिटल्स टीमको सदस्य बनेका उनी यसपालि पहिलो पटक कप्तानी सम्हाल्न लागेका छन् । 

शुभमन गिल
गुजरात टाइटन्सका कप्तान शुभमन गिल भारतीय क्रिकेटका उदाउँदा ताराहरू मध्येमापर्छन् । उनी दायाँ हातका ब्याट्सम्यान हुन् । शुभमनले सन् २०१८ मा अन्डर १९ वल्र्डकपमा भारतीय टीमका तर्फबाट सबैभन्दा बढी रन जोडेका थिए । 

भारतलेत्यसवर्ष अन्डर १९ वल्र्डकपको उपाधि जितेको थियो । शुभमन गिल टीममा उप–कप्तान थिए । उनले सन् २०१८ मा कोलकाता नाइट राइडर्सबाट आईपीएल यात्राको सुरुवात गरेका थिए । 

शुभमन कोलकाता नाइट राइडर्समा २०२१ सम्म थिए । उनले टीमका लागि २०२० र २०२१ मा सबैभन्दा बढी रन जोडेका थिए । शुभमन सन् २०२२ मा गुजरात टाइटन्समा आवद्ध भएका थिए ।

सन् २०२३ माशुभमनले चार शतकका साथ आईपीएलमा ८९० रनको रेकर्ड दर्ज गरेका थिए । हालै सम्पन्न च्याम्पियन्स ट्रफीमा भारतीय टीमलाई उपाधि उचाल्न उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । 


अजिंक्य रहाणे
अजिंक्य रहाणे एक विश्वस्त ब्याट्सम्यान मानिन्छन् । रहाणेले टीम इन्डियाका साथै मुम्बई र आईपीएलका अन्य टीमहरूका लागि खेलिसकेका छन् । तर, उनी यो संस्करणमा कोलकाता नाइट राइडर्स (केकेआर)का कप्तानका रुपमा मैदानमा देखिने भएका छन् । केकेआर समर्थकहरूलाई रहाणेसँग ठूलो अपेक्षा रहने छ। 

सन् २००८ मा आईपीएल यात्राकोसुरुवात गरेका रहाणेलेअहिलेसम्म १८५ खेलमा चार हजार ६४२ रन बनाएका छन् । आईपीएलको पछिल्लो संस्करणमा उनले १३ खेलमा २४२ रन बनाएका थिए ।

ऋषभ पन्त
लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्त विकेटकीपर ब्याट्सम्यान हुन् । ऋषभलेआईपीएलको गत संस्करणमा दिल्ली क्यापिटल्सका लागि खेलेका थिए ।  सन् २०१६ को संस्करणमाआईपीएलमा डेब्यु गरेकाऋषभलेअहिलेसम्म १११ खेलमा तीन हजार २८४ रन बनाएका छन् । जसमा एक शतक र १८ अर्धशतक समोवेश छन् । आईपीएलकोगत संस्करणमा १३ खेल खेलेका ऋषभले४४६ रन जोडेका थिए । 

हार्दिक पान्ड्या
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्या अलराउन्डर हुन् । उनले सन् २०१५ बाट आईपीएल करियरकोसुरुवात गरेका थिए । 
हार्दिकले अहिलेसम्म आईपीएलमा १३७खेल खेलेर दुई हजार ५२५ रन बनाएका छन् । आईपीएलका ९२ खेलमा उनले ४२ विकेट हासिल गरेका छन् । हार्दिक टीम इन्डियाका भरोसा गर्न लायक अलराउन्डर मानिन्छन् । 

हालै सम्पन्न च्याम्पियन्स ट्रफीकादौरान हार्दिक पान्ड्याले धर्मराएको खेललाई अन्तिम समयमाउत्कृष्ट ब्याटिङ गर्दै टीम इन्डियाको खेल यात्रा सम्हालेका थिए । च्याम्पियन्स ट्रफीको उपाधि दिलाउनहार्दिकले अहम् भूमिका निभाएका थिए । 

श्रेयस अय्यर
पञ्जाब किङ्गसका कप्तान श्रेयस अय्यरलेसन् २०१५ मा आईपीएल करियरको सुरुवात गरेका थिए । उनले आईपीएलमाअहिलेसम्म खेलेका ११६ खेलमा तीन हजार १२७ रन बनाएका छन् । 

श्रेयस अय्यरका लागि सन् २०२४ को आईपीएल संस्करण पनि राम्रो रहेको थियो । उनले १५ खेलमा १४६ को स्ट्राइक रेटले ३५१ रन जोडेका थिए । श्रेयस अय्यरले आईपीएलको पछिल्लो संस्करणमा कोलकाता नाइट राइडर्सका लागि खेलेका थिए । श्रेयस अय्यरको कप्तानीमा केकेआरले २०२४ को आईपीएलसंस्करणको उपाधि उचालेको थियो । 

सञ्जु सैमसन
राजस्थान रोयल्सका कप्तान सञ्जुस्यामसन विकेटकीपर ब्याट्सम्यान मध्येमा पर्छन् । भारतको केरलका सञ्जुलेसन् २०१३ मा आईपीएल करियरकोसुरुवात गरेका थिए । 

राजस्थान रोयल्सबाटैकरियरको सुरुवात गरेका सञ्जु २०१६ मा दिल्लीको आईपीएल टीम थिए । उनले २०१९ मा आईपीएल प्रतियोगिताअन्तर्गगत ३४२ रन र २०२० मा ३७५ रन बनाएका थिए । सञ्जुलेअहिलेसम्म आईपीएल करियरमा १६८ खेल खेल्दै चार हजार ४१९ रन बनाएका छन् । जसमातीन शतक र २५ अर्धशतक रहेका छन् । 

रजत पाटिदार
इन्दौरमा जन्मिएका रजत पाटिदार सन् २०२२ मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)माआवद्ध भएका थिए । उनले घरेलु क्रिकेटमा मध्य प्रदेश टीमको प्रतिनिधित्व गरिरहेका छन् । 

आईपीएलका २७खेलमा रजतले७९९ रन बनाएका छन् । उनकालागि आईपीएलको पछिल्लोसंस्करण अत्यन्तै राम्रो बन्न पुगेका थियो । रजतले १५ खेलमा १७७ भन्दा बढीको स्ट्राइक रेटबाट ३९५ रन बनाएका थिए । 

रजतलाई आरसीबीले कप्तान बनाएको छ । क्रिकेटप्रेमीलेयसलाई महत्वपूर्ण परिवर्तनका रुपमा लिएका छन् । 

पेट कमिन्स
अस्ट्रेलियन खेलाडी पेट कमिन्स आईपीएलको १८ औँ संस्करणमा टोलीको कप्तानी सम्हाल्ने एकमात्र विदेशी खेलाडी हुन् । उनले सन् २०१४ बाट आईपीएल करियरको सुरुवात गरेका हुन् । 

कमिन्सले अहिलेसम्म आईपीएलका ५८ खेलमा ५१५ रन बनाएका छन् । उनले ३७खेलमा बलिङ गरेर ३८ विकेट पनि हासिल गरेका छन् । कमिन्सलाई सनराइजर्स हैदराबादले टीम कमान्डर बनाएको छ । 

–बीबीसीको सहयोगमा 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १ : ४७ बजे

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीईभीटी

चितवन- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त

बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

काभ्रे– अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को टोली मुस्ताङमा

गण्डकी– नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि जारी ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया