उपचारात्मकभन्दा रोकथाममा अधिक जोड दिनुपर्छ : पूर्वराष्ट्रपति यादव « Khabarhub

उपचारात्मकभन्दा रोकथाममा अधिक जोड दिनुपर्छ : पूर्वराष्ट्रपति यादव


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले रोग लाग्न नदिन उपचारात्मकभन्दा पनि रोकथाममा बढी जोड दिनुपर्ने बताएका छन् ।

उनले रोगबाट बच्न स्वास्थ्य जीवनशैली र अपनाउन जरुरी रहेको भन्दै त्यसका लागि चेतना फैलाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, ‘रोग रोकथाममा अझै पनि सोचेजति काम गर्न सकेका छैनौँ । स्वास्थ्य रहनसहन अपनाउन जरुरी छ । अस्वस्थ जीवनशैलीले नै रोग निम्तिएका छन् । जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले भने, ‘गलत खाना नै रोगको कारक हो । स्वास्थ्य रहन जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ ।’

त्यस अवसरमा ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८१’ बाट १४ जना चिकित्सक, पाँच जना स्वास्थ्यर्मी, एक जना सञ्चारकर्मी र चार वटा संस्थालाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ३ : ४८ बजे

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद