नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नाइजरिया– नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजन मार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटामा रहेको मस्जिदमा भएको ‘बर्बर’ आक्रमणमा उनीहरुको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो ।

आतंककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ । सरकारले अपराधीहरूको खोजी गरी उनीहरूलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । 

मन्त्रालयका अनुसार इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध समुहहरू वर्षौँदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानाको नजिकको क्षेत्रमा आक्रमण भएको हो ।
 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ३ : ५४ बजे

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद