पानीका स्रोत संरक्षण गर्नु अहिलेको आवश्यकता : ऊर्जामन्त्री « Khabarhub

पानीका स्रोत संरक्षण गर्नु अहिलेको आवश्यकता : ऊर्जामन्त्री


८ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा रहेका पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताएका छन् ।

विश्व पानी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय पानी सम्मेलनमा मन्त्री खड्काले नेपालमा रहेका पानीका स्रोतलाई दैनिक जीवनमा मात्रै नभइ मुलुकको आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताएका हुन् । उनले नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढिरहेको जिकिर गरे ।

सबैभन्दा बढी जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भन्दै गर्दा यसको संरक्षणमा लाग्नु अहिलेको आवश्यकता भएको उनले बताए ।

मन्त्री खड्काले जलवायु परिवर्तनका कारण हिमनदीहरुको अवस्था र त्यसबाट सृजित समस्याहरूको समाधानका लागि समेत सरकार गम्भीर रहेको भन्दै विभिन्न दातृ राष्ट्रहरूसँग, विकास साझेदारी राष्ट्रहरूसँग यस विषयमा छलफल भइरहेको जानकारी दिए ।

जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ । 

जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा विसं २०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन समेत थालिएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ४ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया