जनकपुरधामबाट लिङदेनले गरे संघीयता र धर्मनिरपेक्षताको विरोध « Khabarhub

जनकपुरधामबाट लिङदेनले गरे संघीयता र धर्मनिरपेक्षताको विरोध


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बर्बाद हुनबाट जोगाउन व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् । वर्तमान संघीयता लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अहिले नै नखोजिए मुलुक बर्बाद हुने बताउँदै लिङदेनले देशमा व्यवस्था परिवर्तनको खाँचो रहेको बताए ।

राप्रपाले जनकपुरधाममा आयोजना गरेको विरोधसभामा बोल्दै लिङदेनले देशलाई बर्बादीबाट जोगाउन अभिभावकीय रुपमा राजालाई राखेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था मात्रै नेपालका लागि उत्तम व्यवस्था हुने बताए ।

यसका साथै संसद्‌मा समेत पूर्ण समानुपातिक व्यवस्था राखेर सांसदहरूलाई मन्त्री नहुने व्यवस्था लागू गर्नुपर्ने उनको भनाई थियो । सांसदलाई मन्त्री नबनाएर ऐन कानून बनाउने मात्रै जिम्मा दिइए देशमा भ्रष्टाचार पनि कम हुँदै जाने उनले दावी गरे ।

देशमा महँगी आकासिएको छ, भ्रष्टाचार बढेको बढ्यै छ, लिङदेनले भने ‘राजतन्त्रसहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा संघीयता व्यवस्था हटाए भ्रष्टाचार आफै निर्मूल भएर जानेछ ।’

लिङदेनले कांग्रेस, एमाले, माओवादी तथा मधेशवादी दलका नेताहरूले नेपाली जनताको मतको दुरुपयोग गरेको आरोप समेत लगाए । 

एक अर्को प्रसंगमा लिङदेनले भने ‘मधेसलाई यसअघि लाग्या होला सबै बिमारीको औषधी यो संघीयता नै हो, तर होइन रहेछ यो भ्रम हो अब मधेसी जनताले पनि बुझिरहेका छन् ।’ 

संघीयता देशको अर्थतन्त्रलाई कमजोर पार्ने, नेपाली नेपालीबीच विभाजनको फाटो हाल्ने अस्त्र रहेको उनले आरोप लगाए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ६ : ४९ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज