मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु « Khabarhub

मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन लालबाबु यादवको अध्यक्षमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । 

तीन दिनसम्म जनकपुरधाममा भएको महाधिवेशनबाट यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको आयोजक समितिले जनाएको छ । 

मञ्चको उपाध्यक्षमा ताहिर हुसेन, जवाहरलालप्रसाद कुर्मी, रामआधार यादव, रमेशरञ्जन दास, सुनिलकुमार पाण्डे, दीपेन्द्रकुमार यादव, रुमाकुमारी झा, सुजिताकुमारी राउत, कामेश्वर राउत र सत्यनारायण यादव तथा महासचिवमा अनिलकुमार साह चयन भएका छन् ।

यस्तै, सचिवमा रामअशिष शर्मा, सत्यनारायण झा, बद्री मण्डल, वैद्यनाथ सिंह, मंजिर अन्सारी, शिवनारायण मण्डल, जीतेन्द्र यादव, राधेश्याम चौधरी र सन्ध्या दास र कोषाध्यक्षमा पुष्पाकुमारी मिश्र चयन भएका छन् । सदस्यमा दीपकुमार ठाकुर, सन्दीप पटेल, अमजत अलि अन्सारी, अजयकुमार झा, शशी यादव, राम सुलित महतो, हिरावन यादव, वैद्यनाथ मण्डल, रवीन्द्रराय यादव, अरविन्द झा, मोहनकुमार सिंह, परमानन्द मण्डल, सुनिलकुमार साह, चन्दनकुमार रजक, रिमा दुवे, मनोजकुमार मण्डल र सोनी दास रहेका छन् ।

महाधिवेशनबाट नेपाल मधेसी निजामती कर्मचारी मञ्चको मधेस प्रदेश समितिको अध्यक्षमा सञ्जयकुमार मिश्र चयन भए । समितिको उपाध्यक्षमा विनोद पाण्डे, रामहृदय यादव, राजेश साह, प्रेमकुमार महतो, स्वेता झा र शुभकरण राय चयन भएका छन् । 

सचिवमा दीपककुमार ठाकुर, सहसचिवमा भुवनेश्वर महतो, सञ्जयकुमार यादव, श्यामसुन्दर महतो र राम स्वरुप सिंह र कोषाध्यक्षमा बन्दना मिश्रलाई चयन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ५२ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको