रेस्टुरेन्टमा खाएर डिएसपी हुँ भन्दै पैसा नतिर्ने व्यक्ति पक्राउ « Khabarhub

रेस्टुरेन्टमा खाएर डिएसपी हुँ भन्दै पैसा नतिर्ने व्यक्ति पक्राउ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिका-८ स्थित सृजनाचोकमा रहेको ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा प्रहरीको उच्च पदस्थ अधिकृत हुँ भन्दै अभद्र व्यवहारमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन्।

२०८२ साल वैशाख ७ गते राति करिब १० बजे ३२ वर्षीय चन्द्रकान्त पौडेलले खाना खाएपछि आफू प्रहरी नायब उपरीक्षक (डिएसपी) भएको भन्दै पैसा नतिरी अभद्र व्यवहार गरेका थिए। घटनाबारे प्रहरीलाई खबर भएपछि बाग्लुङ नगरपालिका वडा नम्बर ४ कुडुलेफेदी घर भएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलले रेष्टुरेन्टमा अर्डर गरेर खानेकुरा खाएपछि आफू डिएसपी भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीलाई धाक धम्की दिँदै अभद्र व्यवहार गरेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : ३५ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका