एमालेले ७६औँ कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदै « Khabarhub

एमालेले ७६औँ कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदै


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– नेपालका कम्युनिस्ट पार्टीहरूले आज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।

७६ वर्षअघि २००६ साल वैशाख ९ गते भारतको कोलकाताको श्याम बजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । तर मोतीदेवी भौतिक रूपमा उपस्थित थिएनन् ।

कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।

नेपालमा जहानिया राणा शासन रहेको बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले शोषण, उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।

अहिले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले) लगायतका पार्टी छन् । विसं २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि त्यो पनि धेरै लामो समय टिक्न सकेन ।

नेपालका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै छन् । स्थापना दिवसका अवसरमा आज एमालेले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साढे १२ बजे विशेष कार्यक्रम गर्ने जनाएको छ ।

दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने र ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ ।

यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीले पनि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : १४ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका