भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु « Khabarhub

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए । 

उनले दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न लागेको र त्यसका लागि सबै प्रक्रिया पूरा भएको बताए। 

‘एक जनाको प्रत्यारोपण सुरु भइसक्यो त्यो सकिएपछि अर्को हुन्छ’, डा. सुवेदीले भने। 

मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली आएका छन् । डा. सुवेदीले अस्पतालको क्षमता बढाउँदै लगेपछि मिर्गौला प्रत्यारोपण गर्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने बताए । 

उनका अनुसार महिनामा कम्तीमा एक जनाको मिर्गौला प्रत्यारोपण हुने र अस्पतालको जनशक्ति बढाउँदै लगिने छ । अस्पतालका यूरोलोजी विशेषज्ञ, डा. दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा. शौरभ हमाल, यूरोलोजीका डा. अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने जनाइएको छ । 

अस्पतालमा हाल दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् । यहाँ मिर्गौला प्रत्यारोपण न्यूनतम शुल्कमा हुने र यसबाट बिरामीले लाभ लिने डा सुवेदीको भनाइ छ । 

अस्पतालले पछिल्लो समय जलनका बिरामीका लागि छ शय्याको छुट्टै वार्ड, २० शय्याको सर्जिकल वार्ड, १६ शय्याको पोष्ट अपरेटिभ वार्ड, नयाँ ओपिडीसमेत सञ्चालनमा ल्याएको छ । 

भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको उपलब्धि हुनाका साथै त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताए।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : ५२ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका