नारायणकाजीको प्रस्ताव- प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गरौँ « Khabarhub

नारायणकाजीको प्रस्ताव- प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गरौँ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गर्नुपर्ने बताएका छन् ।  

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार विषयक बिचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितीवादकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताएका हुन् । 

यथास्थितीवाद सत्ता लोलुपता, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उनले बताए । श्रेष्ठले सरकार यथास्थितीवादको मुख्य बाहकको रूपमा रहेकाले त्यसका विरुद्ध पनि सङ्घर्ष गरेर मात्रै प्रतिगमनविरुद्धको लडाइँलाई सफल पार्न सकिने तर्क गरे ।

त्यस्तै उनले कम्युनिस्ट पार्टीहरूसँग एकता र ध्रुवीकरण प्रक्रिया अघि बढाउँदै वामपन्थी पार्टीहरूको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए ।  

उनले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । सडक, सदन र सरकारको मोर्चालाई संयोजन गरी शान्तिपूर्णबाटोबाट समाजवाद उन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : १३ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका