अरूण तेस्रो हेर्न जाँदै भारतीय ऊर्जामन्त्री, एकैदिन तीन सब-स्टेशन र एउटा प्रसारण लाइन उद्घाटन गरिँदै « Khabarhub

अरूण तेस्रो हेर्न जाँदै भारतीय ऊर्जामन्त्री, एकैदिन तीन सब-स्टेशन र एउटा प्रसारण लाइन उद्घाटन गरिँदै


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार मात्रै आइपुगेका भारतका विद्युत्, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर संखुवासभास्थित अरूण तेस्रो जलविद्युत् आयोजना अवलोकनमा जाने भएका छन् ।र

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा २ दिने भ्रमणका लागि नेपाल आएका उनले समकक्षी दीपक खड्कासँग मिलेर भारतको सहयोगमा निर्माण भएको कोशी कोरिडोर २ सय २० केभी प्रसारण लाइनअन्तर्गत् इनरुवा वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइनको उद्घाटन गर्ने छन् ।

त्यसैगरी संखुवासभाको तुम्लिङटार सबस्टेशन, बानेश्वर सबस्टेशन र बसन्तपुर सबस्टेशनको संयक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

खट्टरले मंगलबार नै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापित कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि छ ।

मंगलबार नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चार सय केभी क्षमताका दोधारा (लुम्की) बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुँदैछ ।

कोशी प्रदेशबाट फर्किएपछि बुधबार खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमणमा जानेछन् ।

बुधबार नै मुस्ताङबाट फर्किएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : ३७ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको