रोबर्टो कार्लोस : ‘फरवार्ड’बाट झरेर ‘लेफ्ट–ब्याक’बनेका सर्वकालीन महान् फुटबलर | Khabarhub Khabarhub

रोबर्टो कार्लोस : ‘फरवार्ड’बाट झरेर ‘लेफ्ट–ब्याक’बनेका सर्वकालीन महान् फुटबलर

नेपाल आएका कार्लोसलाई ४० तथ्यमा चिनौँ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फुटबलका लिजेण्ड रोबर्टो कार्लोस । उनको जन्म १० अप्रिल १९७३ मा ब्राजिलको गार्सा, साओ पाउलोस्थित ओस्कर एण्ड भेरा लुसिया दा सिल्भामा भएको थियो ।

खेल इतिहासमा सबैभन्दा आक्रामक सोच भएका लेफ्ट–ब्याक र इतिहासकै उत्कृष्ट फुल–ब्याकमध्ये एक खेलाडीका रुपमा चिनिन्छन् । उनको वास्तविक नाम रोबर्टो कार्लोस दा सिल्भा रोचा हो । उनी ‘आरसी३’ का नामले समेत चिनिन्छन् ।

यस्तै रोबर्टो कार्लोसलाई उनको करियरभरि ‘एल होम्ब्रे बाला’ उपनाम दिइएको थियो । उनको शक्तिशाली बेन्डिङ शट र फ्री किकका लागि उनी प्रसिद्ध छन् । जुन प्रतिघण्टा १०५ माइलभन्दा बढीको गतिमा मापन गरिएको छ ।

रोबर्टो कार्लोस विशेष गरी ३ जुन १९९७ मा टुर्नोई डे फ्रान्सको उद्घाटन खेलमा फ्रान्सविरुद्ध ४० यार्डको दूरीबाट झुकेको फ्रीकिकको लागि प्रसिद्ध छन् ।

यस्तै १६ जनवरी २०११ मा रोबर्टो कार्लोसले पोर्चुगेसाविरुद्धको खेलमा कर्नर किकबाट सिधै प्रभावशाली गोल गरेर चर्चा कमाए । उनले ब्राजिलको राष्ट्रिय टोलीका लागि १२५ खेल खेले । जसममा ११ गोल गरे ।

रोबर्टो कार्लोस ब्राजिलको प्रतिनिधित्व गर्दै तीन फिफा विश्वकप, चार कोपा अमेरिका, १९९७ फिफा कन्फेडेरेसन कप र १९९६ को ओलम्पिक खेलकुदमा सहभागी भए ।

रोबर्टो कार्लोसको खेल जीवन
सन् १९७३ जन्म
सन् १९८८ युनिआओ साओ जोआओमा आबद्ध २६ खेल खेले
सन् १९९२ ब्राजिलको राष्ट्रिय टिमबाट डेब्यू
सन् १९९६ इन्टरमिलानबाट रियल मड्रिडमा आबद्ध
सन् २००२ ब्राजिलबाट फिफा विश्वकप विजेता
सन् २००७ रियलम्याड्रिडपछि फेनरबाचेसँग हस्ताक्षर
सन् २०१० ब्राजिल फर्किएर कोरिन्थियन्सबाट खेल
सन् २०११ आन्झी मखाचकलामा स्थानान्तरण र कप्तानको भूमिका
सन् २०१२ व्यावसायिक फुटबलबाट सन्यासको घोषणा
सन् २०१३ टर्कीमा सिभास्पोरको प्रबन्धक
सन् २०१५ दिल्ली डाइनामोसमा अवकाशबाट आंशिक बाहिर
सन् २०२४ म्याच फोर होप च्यारिटीमा सहभागी

फिफा विश्वकप विजेता उनै ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आइपुगेका छन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का पदाधिकारीले स्वागत गरे ।

काठमाडौंमा जारी तेस्रो संस्करणको एनपीएलको दोस्रो क्वालिफायर खेल अवलोकन गर्न अतिथिका रूपमा उनलाई निम्त्याइएको हो ।

कार्लोसले बुधबार (भोलि) त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुने धनगढी एफसी र पोखरा थन्डर्सबीचको दोस्रो क्वालिफायर खेल अवलोकन गर्नेछन् । रोबर्टो कार्लोस क्लब र अन्तर्राष्ट्रियस्तरमा ११०० भन्दा बढी व्यावसायिक खेल खेल्ने खेलाडीमध्ये एक हुन् ।

रोबर्टो कार्लससँग सम्बन्धित केही तथ्य

१. रोबर्टो कार्लोसले आफ्नो व्यावसायिक करियर साओ पाउलो राज्यको अरारासमा रहेको फुटबल क्लब उनियाओ साओ जोआओबाट खेल्दै सुरु गरे ।

२. रोबर्टो कार्लोसले १९९२ मा ब्राजिल राष्ट्रिय टोलीबाट १९ वर्षको उमेरमा डेब्यू गरे ।

३. रोबर्टो कार्लोसले तीन विश्वकप खेले, जसले टोलीलाई १९९८ मा फ्रान्समा फाइनलमा पुग्न र २००२ मा दक्षिण कोरिया र जापानमा भएको प्रतियोगिता जित्न मद्दत गरे ।

४. रोबर्टो कार्लोसलाई १९९८ र २००२ मा फिफा विश्वकप अल–स्टार टोलीमा नाम दिइएको थियो ।

५. २००२ को फिफा पोलमा रोबर्टो कार्लोसलाई फिफा विश्वकप ड्रिम टिममा छनोट गरिएको थियो ।

६. रोबर्टो कार्लोस ‘लेफ्ट विङ अलराउण्डर’ हुन् ।

७. रोबर्टो कार्लोस मुख्यतया रियल म्याड्रिडमा आफ्नो लामो करियर र ब्राजिलको राष्ट्रिय टोलीमा निरन्तर उपस्थितिका लागि परिचित छन् ।

८. रोबर्टो कार्लोसले ब्राजिलमा फरवार्डको रूपमा आफ्नो करियर सुरु गरे तर आफ्नो करियरको अधिकांश समय लेफ्ट–ब्याकको रूपमा बिताए ।

९. क्लब स्तरमा, रोबर्टो कार्लोस १९९६ मा इन्टर मिलानबाट रियल म्याड्रिडमा सामेल भए र ११ सिजन अत्यन्त सफल रुपमा बिताए । ५८४ खेल खेले र ७१ गोल गरे ।

१०. रोबर्टो कार्लोसले त्यसपछि क्लब व्यवस्थापन सम्हाले । जुन २०१३ मा टर्किस सुपर लिगमा सिभास्पोरको प्रबन्धकको रूपमा नियुक्त भए ।

११. लोग्रोनोमा आयोजित लोग्रोन्स र एथलेटिक बिलबाओ विरुद्धको अर्को दुई खेलको लागि रोबर्टो कार्लोस टोलीमा रहे ।

१२. सन् १९९३ मा, रोबर्टो कार्लोस पाल्मिरासमा सामेल भए । जहाँ उनले दुई सिजन खेले, लगातार दुई ब्राजिलियन लिग उपाधि जिते ।

१३. रोबर्टो कार्लोस सन् १९९६ को सिजनको अन्त्यतिर रियल म्याड्रिडमा सामेल भए ।

१४. रोबर्टो कार्लोसले म्याड्रिडबाट चार ला लिगा उपाधि जिते । र, १९९८, २००० र २००२ को युइएफए च्याम्पियन्स लिग फाइनल खेलेका थिए । २००२ मा जिनेदिन जिदानको विजयी गोललाई सहयोग गरे । जुन च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा चर्चित गोलमध्ये एक मानिन्छ ।

१५. रोबर्टो कार्लोसलाई क्लब डिफेन्डर अफ द इयर घोषित गरियो। सन् २००२ र २००३ मा ‘युइएफए टिम अफ द इयर’मा समावेश गरियो ।

१६. ६ डिसेम्बर २००३ मा, रोबर्टो कार्लोसले म्याड्रिडका लागि सुरुवाती गोल गरे, जब उनीहरूले २० वर्षमा पहिलो पटक ला लिगा खेलमा क्याम्प नोउमा बार्सिलोनालाई एल क्लासिकोमा हराएका थिए ।

१७. मार्च २००७ मा म्याड्रिडबाट बायर्न म्युनिखविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रोबर्टो कार्लोसले ब्याकपास आएको बल नियन्त्रण गर्न असफल हुँदा गोल खान पुगे । उनले ब्याकपासका लागि आएको बलमा नियन्त्रण गुमाउँदा बायर्नका हसन सलिहामिडजिकले बल चोरेर च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा छिटो गोल गर्ने रोय मकायलाई पछि पारे। बायर्नका हसनले १०.१२ सेकेन्डमा गोल गर्दै सबैभन्दा छिटोको कीर्तिमान आफ्नो नाममा लेखाए ।

१८. १९ जुन २००७ मा, रोबर्टो कार्लोसले टर्किस सुपर लिग च्याम्पियन फेनरबाचेसँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरे । उनलाई क्लबको घरेलु मैदान, सुक्रु साराकोग्लु रंगशालामा हजारौं प्रशंसकहरूको अगाडि प्रस्तुत गरिएको थियो ।

१९. त्यही सिजनको अन्तिम समयमा रोबर्टो कार्लोस घाइते भएका थिए। फेनरबाचे र प्रतिद्वन्द्वी गालातासारे बीचको उपाधि दौडमा उनी चुकेका थिए ।

२०. रोबर्टो कार्लोसले अन्तिम नतिजाबाट आफू दुखी रहेको र घरेलु ट्रफी सुक्रु साराकोग्लु रंगशालामा फिर्ता लैजान सक्दो प्रयास गर्ने घोषणा गरे ।

२१. ७ अक्टोबर २००९ मा रोबर्टो कार्लोसले आफ्नो सम्झौता समाप्त भएपछि फेनरबाचे छोड्ने घोषणा गरे ।

२२. ४ जुन २०१० मा, रोबर्टो कार्लोसले इन्टरनेसिओनलविरुद्ध गोल गरे र कोरिन्थियन्सलाई क्याम्पियोनाटो ब्रासिलिरो सेरी ए तालिकाको शीर्षमा पुग्न मद्दत गरे ।

२३. कोपा लिबर्टाडोरेस दा अमेरिकामा कोलम्बियाली क्लब टोलिमासँग पराजित भएपछि प्रशंसकहरूले धम्की दिएपछि आफ्नो सुरक्षाको बारेमा चिन्तित रोबर्टो कार्लोसले क्लबसँग उनको रिहाइको लागि अनुरोध गरे । जसलाई कोरिन्थियन्सले तुरुन्तै सहजीकरण गरे ।

२४. रोबर्टो कार्लोसले २०१२ को अन्त्यमा अवकाश लिने योजना रहेको घोषणा गरे । तर उनले अन्झीमा पर्दा पछाडि काम गर्न सहमत भए ।

२५. रोबर्टो कार्लोसले इन्डियन सुपर लिगको दिल्ली डाइनामोसको खेलाडी–प्रबन्धकको जिम्मेवारी लिँदै आफ्नो व्यावसायिक खेल करियरको अन्त्य गरे ।

२६. रोबर्टो कार्लोसलाई फिफा–१५ मा अल्टिमेट टिम लेजेन्ड्सका रुपमा नाम दिइएको थियो ।

२७. सन् २०१६ मा रोबर्टो कार्लोसले जिंगा स्काउट नामक सफ्टवेयर सुरु गरे जसले विश्वभरका खेलाडीहरूलाई प्रशिक्षकहरूसँग जोड्ने काम गर्छ ।

२८. जुन २०२२ मा, रोबर्टो कार्लोसले मियामीमा ‘द ब्युटिफुल गेम बाइ आर टेन एण्ड आरसी थ्री’ नामक प्रदर्शनी खेलको सह–आयोजना गरे ।



२९. १६ जुन २०१९ मा, रोबर्टो कार्लोसले लन्डनको स्ट्यामफोर्ड ब्रिजमा सकर एडमा भाग लिए ।

३०. रोबर्टो कार्लोसले उसेन बोल्टको कप्तानीमा रहेको विश्व ११ टोलीबाट खेले र उनीहरूले इङल्याण्ड–११ लाई पेनाल्टीमा हराए ।

३१. सन् २०१९ मा, रोबर्टो कार्लोस अन्तर्राष्ट्रिय बालबालिकाको सामाजिक कार्यक्रम फुटबल फर फ्रेन्डशिपको विश्वव्यापी राजदूत बने ।

३२. सन् २०२४ फेब्रुअरी २३ मा, रोबर्टो कार्लोसले ‘म्याच फोर होप’ मा भाग लिए ।

३३. रोबर्टो कार्लोसले टिम चङ्क्जका लागि इडेन हजार्ड, डेभिड भिल्ला र विभिन्न मिडिया व्यक्तित्वहरूसँग टिम अबोफ्लाहविरुद्ध खेले ।



३४. रोबर्टो कार्लोसले सुरुवाती ८ मिनेट मात्र खेले । उनलाई प्रतिस्थापन गरिएको थियो ।

३५. रोबर्टो कार्लोसले सन् २०१२ को सुरुमा आन्झी मखाचकलामा अन्तरिम प्रबन्धकको रूपमा छोटो समय बिताए ।

३६. पछि रोबर्टो कार्लोसले प्रबन्धक गुस हिडिंकसँगै राजीनामा दिएपछि क्लबको आलोचना गरे ।

३७. रोबर्टो कार्लोसलाई जुन २०१३ मा टर्किस सुपर लिग टोली सिभास्पोरको प्रबन्धक नियुक्त गरिएको थियो ।

३८. २ जनवरी २०१५ मा, रोबर्टो कार्लोसलाई अखिसारस्पोरको प्रबन्धकका रूपमा नियुक्त गरिएको थियो ।

३९. २४ जुन २००५ मा, रोबर्टो कार्लोसलाई प्रत्यक्ष रेडियो अन्तर्वार्ता दिइरहेको बेला दुई बन्दुकधारीले लुटे ।

४०. त्यसबेला रोबर्टो कार्लोसलाई चोट लागेन तर उनको घडी र अन्तर्वार्ताकारको सेलुलर फोन लुटियो ।

– एजेन्सी

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : २० बजे

संसदको गतिरोध हटाउन सभामुखको सक्रियता, तीन दलका प्रमुख सचेतकसँग छलफल

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रमुख

विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक

लस एन्जल्समा ‘नेशनल गार्ड’ परिचालन गर्न ट्रम्पको निर्देशन

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आगलागी पीडितलाई प्रदेश सरकारले चालीस लाख रुपैयाँ सहयोग गर्ने

कैलाली– बाजुराको बुढीगङ्गा नगरपालिका– ६ स्थित बाम्का बजारमा शुक्रबार भएको