प्रचण्डले भने – कम्युनिस्ट आन्दोलन टुटफुट, घात–प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढ्यो « Khabarhub

प्रचण्डले भने – कम्युनिस्ट आन्दोलन टुटफुट, घात–प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढ्यो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलन टुटफुट, घात प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सही सङ्गठन र संस्कार, कार्यशैलीको आधारमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताए ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादी र अवसरवादीहरूले जहिले अपमानित गर्ने, सिद्धियो माओवादी भनेर घोषणा गर्ने गरेको बताए । जनयुद्धको बेलामा पनि त्यस्तै घोषणा गरेपनि जनयुद्ध सफल बनाएर यहाँसम्म आइपुगेको प्रचण्डको दाबी थियो ।

‘अबको समाजवादी क्रान्तिको नेतृत्व गर्ने र त्यसको वैचारिक दृष्टिकोणले सबै सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी काँधमा आएको छ,’ प्रचण्डले भने, ‘माओवादी अरू पार्टीभन्दा फरक छ ।’

उनले अहिले पनि दुई तिहाइभन्दा धेरै जनमत कम्युनिष्टहरूको पक्षमा रहेको दाबी गरे ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ०२ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’