तीन हजार बढी करदाताले बुझाएनन् विवरण « Khabarhub

तीन हजार बढी करदाताले बुझाएनन् विवरण


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् । 

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए पनि अहिलेसम्म उनीहरूले नबुझाएका हुन् । ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताए। 

उनले भने, ‘पुस मसान्तसम्म चार हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो तीन महिनामा ९०० करदाताले विवरण बुझाएका छन् ।’

 यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाताहरूलाई भेट्ने र आय विवरण बुझाउन अनुरोध गर्ने गरेका छन् ।
 
विवरण नबुझाउँदा शुल्क र ब्याज करदाताले तिर्नुपर्ने भएकाले ब्याजबाट जोगिन करदाताहरूलाई उनले आग्रह गरे। कार्यालयका अनुसार यहाँ ७२ हजार ५६२ करदाता छन् । आय विवरण बुझाउन र कर बुझाउनका लागि करदाता शिक्षा, प्रचारप्रसार, पम्प्लेट वितरण, माइकिङ, संकलन भ्रमण र स्थानीय तहसँग समन्वयलगायतका काम भइरहेका छन् । 

कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ९० दशमलव ३८ प्रतिशत कर संकलन गरेको छ । गत चैत मसान्तसम्म रु १६ अर्ब ५८ करोड ३२ लाख ९६ हजार राजस्व संकलन गरेको छ । सो अवधिभित्र राजस्व विभागले १८ अर्ब ३४ करोड ६९ लाख १० हजार राजस्व संकलनको लक्ष्य दिएको थियो । 

गत आर्थिक वर्षको सोही समयमा कार्यालयले रु १३ अर्ब ९३ करोड ८३ लाख १० हजार राजस्व संकलन गरेको थियो । सो समयमा विभागले १९ अर्ब ८९ करोड ६४ लाख १९ हजार लक्ष्य तोकेको थियो । विभागले तोकेको लक्ष्यको ७० दशमलब ०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ०४ बजे

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन