तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गोरखाकी मीना « Khabarhub

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गोरखाकी मीना


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छिन् । उनले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी छन् ।

मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक एक लाख बढी आम्दानी लिने गरेको कोइराला बताउँछिन् । ‘११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी हुँ । अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु’, उनले भनिन् ।  तरकारीखेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उनी बताउँछिन् ।

मीनाको श्रीमान् दुबईमा वैदेशिक रोजगारीमा छन् । जेठी छोरी पनि दुबईमै नर्सिङ पेसामा छिन्  । ‘कान्छी छोरी काठमाडौं डेन्टल पढ्छे । छोरो यो वर्ष कक्षा ९ मा पुग्यो’, उनले भनिन्, ‘मेरो कमाइले छोराछोरी पढाउन, घर खर्च चलाउन पुग्छ । जे होस् अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन ।’

यतिखेर उनको बारीमा अहिले ढकमक्क बन्दागोभी छ । काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ । ‘बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरूको ‘सिजन’ सुरु हुन्छ । त्यसपछि प्याजको बीउ तयार गर्छु’, उनी भन्छिन्, “विषादी प्रयोग गर्दिनँ ।’

उनका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारीखेती गर्ने चलन थिएन । जब उनले तरकारी खेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरूले उनकै सिको गरे ।  उनी महिलाहरूले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमान्को कमाइमा निर्भर हुनु नपर्ने बताउँछिन् ।

उनले हालसम्म कुनै कृषि फार्म दर्ता गरी सरकारी अनुदान लिएकी छैनन् । उनी भन्छिन्, ‘म आफूले जे जति सक्छु गर्छु । अरूले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दैन ।’ उनको तरकारी बिक्री गर्ने मुख्य बजार गोरखा सदरमुकाम हो ।

व्यापारीहरू तरकारी लिन मीनाको बारीमै पुग्छन् । पहिलेजस्तो बजारको समस्या नभएको उनको अनुभव छ । गोरखा नगरपालिका–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले कोइराला जस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने गरेको बताए  ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ०६ बजे

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी

नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ शान्तिनगरमा एक युवती

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४