वातावरण मन्त्रीले भने- सरकारले थामे बस्तीको पुनः निर्माण अघि बढाउँछ « Khabarhub

वातावरण मन्त्रीले भने- सरकारले थामे बस्तीको पुनः निर्माण अघि बढाउँछ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सरकारले जलवायु परिवर्तनजन्य विपद्बाट प्रभावित सगरमाथा क्षेत्रको थामे बस्तीको पुनः निर्माण अघि बढाउने जनाएको छ ।

मंगलबार खुम्बु गाउँपालिका–५ थामेमा ‘साथसाथै’ नामक संस्थाले आयोजना गरेको आरोही सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले थामेको पुनः निर्माणलाई सरकारले अपनत्व लिएको बताए । 

अन्तर्राष्ट्रिय पृथ्वी दिवसका अवसर पारेर आयोजित आरोही सम्मेलनमा मन्त्री शाहीले बाढीका कारण भत्किएको थामे बस्तीको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै तत्कालीन पुनः स्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकारले स्पष्ट रणनीतिसहित कार्य योजना अघि बढाउने प्रतिबद्धता जनाए । 

उनले भने, ‘हिमताल फुटेर आएको बाढीले थामेमा विनाश निम्त्याएको छ । यो केवल स्थानीय प्राकृतिक घटना होइन, यो वैश्विक जलवायु परिवर्तनको असर हो । नेपालले कुनै गल्ती नगरे पनि जलवायु सङ्कटको सजाय भोगिरहेको छ ।’ 

मन्त्री शाहीका अनुसार यस्तो संवेदनशीलतालाई ध्यानमा राखी जलवायु न्यायको अन्तर्राष्ट्रिय बहसमा नेपालले थप कडा आवाज उठाउनुपर्ने आवश्यकता छ । ‘अब जलवायु सङ्कटबारे केवल बहस होइन, कार्यान्वयनमुखी दृष्टिकोण आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा रक्षा मन्त्री मानवीर राई, पर्यावरण तथा पर्वतारोहण क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, आरोही, वातावरणविद्, सञ्चारकर्मी र स्थानीय बासिन्दाको उपस्थिति  छ ।

गत वर्षको भदौमा थामेमा हिमताल फुटेर आएको बाढीले थामेका दर्जनौँ घरसँगै खेतीयोग्य जमिन, पुल, पदमार्ग, बिजुली लाइन, खानेपानी योजना र धार्मिक संरचनामा समेत क्षति पुर्‍याएको थियो । 

विस्थापित परिवार हाल अस्थायी टहरा र छिमेकीका घरहरूमा शरण लिएर बसेका छन् । सात महिना बितिसक्दा पनि पुनः निर्माण अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : २८ बजे

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएपछि प्रतिपक्षी श्रम संस्कृति

बीमाले दिने र निजी पसलमा बिक्री हुने औषधिको गुणस्तरमा भिन्नता छैन 

काठमाडौं– स्वास्थ्य बीमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति

काठमाडौं- प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई

समूह ‘एल’ : ग्रुप अफ डेथमा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

काठमाडौं– इङ्ल्यान्ड, क्रोएसिया, पानामा र घानाको उपस्थितीले समूह ‘एल’लाई आसन्न