सरकारले पंगु बनाएपछि गभर्नर सिफारिस समितिबाट भट्टराईको राजीनामा | Khabarhub Khabarhub

सरकारले पंगु बनाएपछि गभर्नर सिफारिस समितिबाट भट्टराईको राजीनामा


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच अड्किएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया झनै अलमलमा परेको छ ।

सरकारले नयाँ गभर्नर नियुक्ति अघि बढाउन नसकेको अवस्थामा सिफारिस समितिका एकजना सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले मंगलबार राजीनामा दिएका छन् ।

समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिसका लागि एउटा पनि बैठक राख्न नसकेपछि भट्टराईले पद छाडेका हुन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक ऐन, २०५८ अनुसार चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । जसमा पूर्वगभर्नर डा विजयनाथ भट्टराई र डा. विश्वनाथ पौडेल सदस्य रहेका थिए ।

तर सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस दुवैले गभर्नरमा आफ्नो दाबी गरिरहँदा अझैसम्म पनि सहमति बन्न सकेको छैन ।

त्यहीकारण सिफारिस समिति पनि बेकामेझैँ भइसकेको छ । समितिले गभर्नरका लागि तीनजनाको नाम नै सिफारिस गर्न नसकेर अनिर्णयको बन्दी भएपछि भट्टराई रुस्ट थिए ।

यसअघि एमाले र कांग्रेसबीच गभर्नर नियुक्तिमा सहमति भएको बताइएको थियो । दुवै दलका नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ‌ओलीबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको दुवै दलका नेताहरूले बताएका थिए ।

दुई नेताको सहमतिकै आधारमा गभर्नरको बाटो खुलेपछि भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट वैशाख ५ गते राजीनामा दिइसकेका छन् । तर राष्ट्र बैंकको नयाँ गभर्नरका लागि कांग्रस र एमाले दुवैतिरका बिचौलियाको दौडधूप अझै जारी छ ।

भट्टले राजीनामा दिएको भोलिपल्टै नयाँ गभर्नरका लागि सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउने चर्चा थियो । तर चार दिन बितिसक्दा पनि त्यो काम हुन सकेको छैन ।

उता सिफारिस समिति गठन गरेको एक महिनासम्म पनि समितिको एकै बैठक पनि संयोजक पौडेलले नराखेपछि भट्टराई बाहिरिएका हुन् ।

पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएर घर गइसकेका छन् । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै सरकारले नयाँ गभर्नर नियुक्ति गर्नसक्ने व्यवस्था छ ।

तर, अधिकारी बिदा भएको लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन सकेको छैन । सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने औपचारिकता पूरा गरेर नेतृत्व तहबाटै हस्तक्षेप गर्नाले यस प्रक्रियाको औ‍चित्यमै प्रश्न उठ्न थालेको छ । ।

गभर्नरको विषयलाई लिएर अर्थमन्त्रालयको पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड र चर्चामा रहेका पात्रबारेसमेत सर्वोच्चमा परेको रिट अहिले विचाराधीन छ । नयाँ गभर्नरको चर्चामा रहेका भट्टको योग्यता नपुग्ने भन्दै दायर गरिएको रिट सर्वोच्चमा केही दिनयता निरन्तर हेर्न नमिल्नेमा परिरहेको छ ।

उता गभर्नर नियुक्तिबारे सोमबार पनि महान्यायाधिवक्ता रमेश बडालसहित छलफलमा बसेका थिए । छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

उता गभर्नरमा भट्टलाई लैजाने बताइरहेका कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नै अहिले थाइल्यान्ड यात्रामा छन् । परराष्ट्रमन्त्री डा. आरजु देउवा एउटा कार्यक्रममा गएकी हुन् भने सभापति देउवा उपचारको फलोअपमा गएका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ५७ बजे

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

नवलपरासी– सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित